२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते आयोजना हुँदै

चौथो सांग्रिला साइकल र्‍याली जेठ २३ गते आयोजना हुँदै

काठमाडाैं । विश्व वातावरण दिवसको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको सांग्रिला साइकल र्‍यालीको चौथो संस्करण यही २०८३ साल जेठ २३ गते शनिबार आयोजना हुने भएको छ।

र्‍याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७:०० बजे प्रारम्भ भई दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैन भवन तथा सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार हुँदै पुनः एलिस रिसेप्सन, गैरीधारामा पुगेर समापन हुनेछ।

र्‍यालीमा सहभागी हुन इच्छुक व्यक्तिहरूले WhatsApp नम्बर ९८६३५८९००१ मा Registration लेखी पठाएर, उपलब्ध अनलाइन दर्ता लिंकमार्फत वा प्रचार सामग्रीमा रहेको QR Code स्क्यान गरी आफ्नो नाम दर्ता गर्न सक्नेछन्।

कार्यक्रममा सहभागीहरूमध्ये एक जना भाग्यशाली विजेतालाई गोलाप्रथामार्फत आकर्षक साइकल प्रदान गरिनेछ। साथै अन्य विभिन्न उपहारहरूको पनि व्यवस्था गरिएको छ।

वातावरण संरक्षण, हरित जीवनशैलीको प्रवर्द्धन तथा साइकल संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड ले यसअघि सफलतापूर्वक तीन संस्करणका साइकल र्‍यालीहरू आयोजना गरिसकेको छ। यस वर्षको र्‍यालीमा पनि वातावरणप्रति सचेत नागरिक, साइकलप्रेमी तथा साइकलमैत्री शहरको परिकल्पना गर्ने सम्पूर्ण महानुभावहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरिएको छ।

आम नागरिकको विश्वास र भरोसालाई आत्मसात गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभरका १०९ शाखा कार्यालय तथा ३० एटीएम नेटवर्क मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा सुदृढ आन्तरिक नियन्त्रण प्रणालीलाई प्राथमिकतामा राख्दै बैंकले आगामी दिनमा पनि आफ्नो सेवा तथा पहुँचलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij