२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

चौथो प्रारम्भ कप फुटसल प्रतियोगिता २०८३ आयोजना हुँदै: ३२ टिम सहभागी हुने

चौथो प्रारम्भ कप फुटसल प्रतियोगिता २०८३ आयोजना हुँदै: ३२ टिम सहभागी हुने

  • शुक्रबार, जेष्ठ ८ २०८३

काठमाडौँ । प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजले चौथो संस्करणको “प्रारम्भ कप फुटसल प्रतियोगिता २०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी जेठ ९ र १० गते कलेजको आफ्नै फुटसल मैदानमा सञ्चालन हुनेछ भने आवश्यकता अनुसार थप एक दिन समेत विस्तार गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थी तथा वि.सं. २०८२ को एसईई परीक्षामा सहभागी विद्यार्थीहरूले सहभागिता जनाउनेछन् । विद्यार्थीहरूबीच खेलकुदमार्फत भाइचारा बढाउने, अनुशासन विकास गर्ने तथा शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो ।

विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीका अनुसार प्रारम्भ कपले प्रत्येक वर्ष विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास थप्दै आएको छ । “चौथो संस्करणसम्म आइपुग्दा विद्यार्थी, शिक्षक र सहभागी विद्यालयहरूको उत्साह झन् बढ्दै गएको छ । खेलकुदले विद्यार्थीहरूको शैक्षिक जीवनमा सकारात्मक प्रभाव पार्दै अनुशासन, टीमवर्क र आत्मविश्वास विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ,” प्रिन्सिपल ज्ञवालीले बताए ।

यस वर्षको प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३० विद्यालयका ३२ टिमहरू सहभागी हुनेछन् । प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेज र नर्थ पोल एकेडेमीबाट दुई–दुई टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेज, कौशल इंग्लिस बोर्डिङ स्कुल, सेक्रेड हार्ट स्कुल, मिलन धर्मस्थली स्कुल, एन्जल हार्ट सेकेन्डरी स्कुल, नर्थ पोल एकेडेमी, ज्ञानोदय मावि, राजन मेमोरियल स्कुल, एनआर स्कुल, रिड्स मोडल स्कुल, ज्ञान मन्दिर स्कुल, काठमाडौं भ्याली स्कुल, न्यू इरा एकेडेमी, किड्स लर्निङ स्कुल, आमादब्लम एकेडेमी, काठमाडौं लिंकन स्कुल, मनकामना स्कुल, श्वेता सदन, हार्टल्याण्ड स्कुल, सनराइज स्कुल, काठमाडौं इन्टरनेसनल स्कुल, हिमालयन वार्डरफ, ललितपुर मावि, निर्वाणा स्कुल, ब्लुबर्ड सेकेन्डरी स्कुल, एक्टिभ एकेडेमी, एलडब्लुए र माउन्ट ग्लोरी स्कुललगायतका टिमहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिनेछ । प्रथम हुने टिमले २५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछ । त्यस्तै, सेमिफाइनल पुग्ने दुवै टिमलाई ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि प्रति टिम ४०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ । दर्ता शुल्कबाट करिब १ लाख २८ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । बाँकी खर्च सम्पूर्ण रूपमा प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजले स्वयं व्यहोर्ने आयोजक विद्यालयका प्रिन्सिपल प्रसाद  ज्ञवालीले जानकारी दिनुभयो  ।

आयोजक विद्यालयक प्रिन्सिपलका  अनुसार प्रतियोगितालाई पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विवादरहित बनाउन विशेष मापदण्डहरू अपनाइनेछ ।यसका लागि विद्यार्थीहरूको आधिकारिकता जाँचदेखि लिएर खेल सञ्चालनसम्म सबै प्रक्रिया व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।

प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेजले शैक्षिक गतिविधिसँगै खेलकुद, सामाजिक तथा अतिरिक्त क्रियाकलापहरूलाई पनि निरन्तर प्रोत्साहन गर्दै आएको छ । विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र अनुशासन निर्माणमा योगदान पुर्‍याउँदै आएको छ । आयोजक पक्षले सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहभागी विद्यालयहरूप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग अपेक्षा गरेको छ ।

पुरस्कार र अनुमानित बजेट

प्रतियोगिताका विजेताहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्:

  • प्रथम पुरस्कार: नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र

  • द्वितीय पुरस्कार: नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र

  • तृतीय पुरस्कार: सेमिफाइनल पुग्ने दुवै टिमलाई ५/५ हजार रुपैयाँ प्रदान गरिनेछ

यस प्रतियोगितामा सहभागि हुनका लागि टिम दर्ता शुल्क ४००० रुपैयाँ तोकिएको छ, जसबाट कुल १ लाख २८ हजार रुपैयाँ आम्दानी हुने अनुमान छ खेल सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र दर्ता शुल्कभन्दा थप बढी मात्रामा आवस्यकता  हुने बाँकी सम्पूर्ण खर्च आयोजक प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेज स्वयम्‌ले बेहोर्ने विद्यालयका प्रिन्सिपल कमल प्रसाद ज्ञवालीले  जानकारी दिनुभयो ।  

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij