२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गरिने  

माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गरिने  

  • सोमबार, बैशाख २८ २०८३

 

काठमाडौं । माध्यमिक तहसम्म निःशुल्क शिक्षा व्यवस्था कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो बताएका हुन् ।

सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी गर्दै निजी शिक्षामा नियमन गर्दै सेवामुखी बनाउने नीति सरकारले लिएको छ ।

उच्च शिक्षालाई श्रमबजारसँग आबद्ध गराउने, सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र एआई जोडने नीति सरकारले लिएको छ ।

त्यस्तै, सरकारले शिक्षक नियुक्ति पदोन्नति र योग्यतामा आधारित बनाइने र उत्कृष्ट शिक्षक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij