२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

कृषि र दुग्ध क्षेत्रमा नीति तथा कार्यक्रम अपेक्षा गरिए अनुसार पुर्ण छैनः प्रल्हाद दाहाल

कृषि र दुग्ध क्षेत्रमा नीति तथा कार्यक्रम अपेक्षा गरिए अनुसार पुर्ण छैनः प्रल्हाद दाहाल

  • सोमबार, बैशाख २८ २०८३
  • प्रल्हाद दाहाल

आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उत्पादनमुखी, आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको छ। कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, बजार सुनिश्चितता, युवा सहभागिता, सहुलियत वित्तीय पहुँच तथा कृषि बीमाजस्ता विषय समेटिनु सकारात्मक पक्ष हुन्। साथै बाँझो जमिनको उपयोग, करार खेती, सामूहिक खेती, कृषि प्रशोधन उद्योग, खाद्य सुरक्षा तथा कृषकको आम्दानी वृद्धि जस्ता विषयहरूले कृषि क्षेत्रलाई रूपान्तरण गर्ने संकेत गरेका छन्।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई केवल उत्पादनसँग मात्र नभई पोषण, प्रविधि, डिजिटल सेवा, अनुसन्धान तथा निजी क्षेत्रसँगको सहकार्यसँग जोड्ने प्रयास गरिएको देखिन्छ। कृषि अनुसन्धान परिषद् (NARC) को पुनर्संरचना, मल कारखाना स्थापना, गुणस्तरीय उत्पादन तथा खाद्य सुरक्षा प्रमाणीकरण जस्ता विषयले दीर्घकालीन कृषि सुधारतर्फ संकेत गरेको देखिन्छ । साना तथा मझौला किसानलाई सहुलियत ऋण पहुँच, परियोजनालाई नै धितो मानी वित्तीय सुविधा दिने व्यवस्था तथा न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने विषय पनि सकारात्मक रूपमा आएका छन्। यो अत्यन्तै राम्रो कुरा हो ।

दुग्ध क्षेत्रलाई हेर्दा नीति तथा कार्यक्रममा प्रत्यक्ष रूपमा विस्तृत कार्यक्रम उल्लेख नभए पनि पशुपन्छी, कृषि प्रशोधन, बजार सुनिश्चितता तथा किसान आय वृद्धिका विषयभित्र दुग्ध क्षेत्र समेटिएको देखिन्छ। दूध तथा दुग्धजन्य पदार्थको उत्पादन वृद्धि, पशुपन्छी क्षेत्रको आधुनिकीकरण, दाना तथा नश्ल सुधार, बीमा, प्रयोगशाला सुदृढीकरण, उत्पादनको बजार सुनिश्चितता तथा सहकारी र निजी क्षेत्र साझेदारीका विषयले दुग्ध क्षेत्रलाई केही हदसम्म सम्बोधन गर्न खोजेको देखिए पनि निजि डेरी उद्योगको विषयमा भने यसले खासै समेटेको देखिंदैन ।

कृषि र किसानका विषय धेरै समेटिए पनि कृषि उद्योग, विशेष गरी डेरी उद्योगको संरक्षण, प्रवर्द्धन र दिगोपनका विषय पर्याप्त रूपमा आउन नसकेको अनुभूति भएको छ । दुग्ध क्षेत्र केवल किसानसँग मात्र सम्बन्धित विषय होइन । यो किसान, उद्योग, बजार, रोजगार, आर्थिक गतिविधि सँगै उपभोक्ताबीच जोडिएको समग्र आर्थिक चक्र हो। डेरी उद्योग बलियो नभई किसानको दूधले बजार पाउँदैन, उचित मूल्य पाउँदैन र उत्पादन पनि टिकाउ बन्न सक्दैन। त्यसैले दुग्ध उद्योगको विकास बिनाको किसान हित कार्यक्रम दीर्घकालीन हुन सक्दैन।

आज दुग्ध क्षेत्रले भोगिरहेका मुख्य चुनौतीहरूमा उत्पादन लागत वृद्धि, बजार संकुचन, भुक्तानी समस्या, आयातित दुग्धजन्य पदार्थको दबाब, उद्योग सञ्चालन खर्च वृद्धि तथा उपभोग घट्दो अवस्था रहेका छन्। यस्ता विषयलाई लक्षित गर्दै विशेष राहत, कर, भ्याट सहुलियत, विद्युत् महसुलमा छुट, दुग्ध उपभोग प्रवर्द्धन अभियान, विद्यालय दूध कार्यक्रम, निर्यात प्रवर्द्धन तथा उद्योग पुनरुत्थान कार्यक्रम जस्ता स्पष्ट नीति आउन आवश्यक थियो। तर नीति तथा कार्यक्रममा यी विषयहरू स्पष्ट र प्रभावकारी रूपमा समेटिन नसक्दा दुग्ध क्षेत्रका उद्योगी तथा किसान दुवै पक्षले अपेक्षित अनुभूति गर्न सक्दैनन्।

कृषि क्षेत्रको वास्तविक सुदृढीकरण तब मात्र सम्भव हुन्छ, जब उत्पादनसँगै प्रशोधन उद्योग, बजार प्रणाली र उपभोग संरचना, बजारको उधारो उठाउने निति पनि समान रूपमा समेटिएको भए अझ बलियो हुनसक्ने थियो । किसानको उत्पादन उद्योगसम्म, उद्योगको उत्पादन बजारसम्म र बजारको विश्वास उपभोक्तासम्म पुग्ने चक्रलाई राज्यले नीति स्तरबाट स्पष्ट रूपमा संरक्षण गर्न आवश्यक छ। दुग्ध क्षेत्र त्यही चक्रको महत्वपूर्ण आधार हो।

यस कारणले आजको नीति तथा कार्यक्रमले कृषि क्षेत्रका धेरै आयाम समेटे पनि दुग्ध क्षेत्र र कृषि उद्योगको दीर्घकालीन संरक्षण तथा प्रवर्द्धनका दृष्टिले अझ स्पष्ट, व्यावहारिक र उद्योगमैत्री नीति अपेक्षा गरिए अनुसार नभएको पाइयो । कृषि र दुग्ध क्षेत्रलाई अलग अलग नभई परस्पर निर्भर प्रणालीका रूपमा बुझेर आगामी बजेट तथा कार्यान्वयन योजनामा थप प्रभावकारी कार्यक्रम आउनु आवश्यक देखिन्छ। अनि मात्र समग्र कृषि क्षेत्रको विकास हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

संबैधानिक राजसंस्था र राष्ट्रिय बहससंबैधानिक राजसंस्था र राष्ट्रिय बहस राजकुमार जोशी यति बेला राष्ट्रिय राजनीति जनअपेक्षा अनुसारको देखिँदैन । जेनजीहरुले जुन आशा र भरोसा राखेर राजनीतिक परिवर्तन गरेका थिए । आज त्यस अनुसार काम कारवाही वर्तमान सत्ताधारीले गरे त ? अनि सत्ता बाहिरका दल पनि आपसी टकराबमा व्यस्त रहेको देखिन्छ । देश के को लागि जनताको लागि, जनता के को लागि देशको लागि । राजनीति के लागि विकास, शान्ति र समृद्धिको लागि जसरी जुन रुपमा भए पनि देशमा शान्ति हुनुपर्छ, विकास हुनुपर्छ, राष्ट्रिय स्थीरता हुनुपर्छ । जनताको लागि, देशको लागि गरिएको राजनीति कहिल्यै मेटिँदैन । यसै सेरोफेरोमा भोटेकोशी बाढीले हरेक क्षेत्रका जनतालाई आक्रान्त पारेको छ । रसुवा, नुवाकोट, धादिङमाबढी जनता प्रताडित भएको भएपनि देशैभरका जनतालाई बाढीले छोएको छ । जुन सुकै जिल्लाका जनता भए पनि बाढीबाट बगे, फसे, मृत्यु वरण हुनुप¥यो । बाढीले हजारौँ जनताको मृत्युवरण गरे । यसै क्रममा अझै पाँच हजार भन्दा बढी बेपत्ता अवस्थामै छन् । १३ हजार भन्दा बढीको सेना, प्रहरी र अन्य निकायबाट उद्दार गरेको अवस्था छ । जसरी भुकम्पबाट जनतालाई चोट पुगेको थियो । त्यो भन्दा बढी चोट भोटेकोशी बाढीले दियो । यसै मेसोमा बाढी प्रभावितको उद्दार, राहत र पूनस्थापनाका हरेक क्षेत्रबाट सहयोग गरिरहेको अवस्था छ । के व्यापारी, के राजनीतिज्ञ, के समाजसेवी हरेक क्षेत्रबाट सहयोग उपलब्ध हुनु हरेक कोणबाट जाहेज मान्नुपर्छ । यही सेरोफेरोमा हामीले राजतन्त्रको बहस भएको पाएका छौं । राजसंस्था जनताको मियो थियो, विकासको मियो थियो शान्तिको मियो थियो । अहिले देश शोकमा परेको बेला विशेषगरी राजसंस्थाको पुनःस्थापनाको बहसलाई केवल विगत फर्काउने चाहाना वा निरंकुश शासनको पूनरावृत्तिका रुपमा व्याख्या गरेर पन्छाउन सकिदैन । नेपालको इतिहासमा राजसंस्था राज्यको ऐतिहासिक निरन्तरता, राष्ट्रिय एकिकरण, सांस्कृतिक पहिचान र राष्ट्रिय स्वाधीनताको प्रतिकका रुपमा समेत जोडिने संस्था हो । जसले जुन रुपमा बुझे पनि राजसंस्था नेपाली जनजनको मन र मुटुमा रहेको संस्था हो । अहिले उठिरहेको प्रश्न निरंकुश राजतन्त्र पूनस्थापित गर्ने भन्दा पनि जनतामा सार्वभौमसत्ता निहित रहने गरी लोकतान्त्रिक र संवैधानिक सीमाभित्र एउटा गैरदलीय तथा साझा राष्ट्रिय संस्थाको आवश्यकता छ कि छैन भन्ने हो । अहिले पनि दुःखको बेला जनताले राजसंस्थाको स्मरण गर्नु हरेक हिसाबले स्वभाविक मानिएको छ । हामी राजसंस्थावादीहरु बाढीपीडितलाई राहत दिन, उद्धार गर्न र पूनस्थापनाको लागि एक ढिक्का भएर अघि बढ्नु पर्ने अवस्था छ । हामी कुनै पनि भागमा रहेका जनता रोएको हेर्न चाहादैनौं । दलहरु सरकार र प्रतिपक्षमा बदलिरहन्छन्, हामी भने देशको लागि जनताको सदा रहिरहने व्यवस्था चाहान्छौ, त्यो व्यवस्था भनेको राजसंस्था नै हो । त्यसो त नेपालमा ९० प्रतिशत भन्दा बढि हिन्दु छन, त्यहि हिन्दु धर्म हामी पूनस्थापना गर्न चाहान्छौ, राजसंस्था र धर्म एउटै पेरिफेरोमा रहेको छ । यी दुवैलाई हामी एकै पटक पूनस्थापना होस भन्ने चाहान्छौं, हिजोका दिनमा राजाबाट खासै ठुलो गल्ती भएको थिएन । जनताको घरदैलो गरेर राजा ज्ञानेन्द्रले जनमत बुझेकै हो । तर विभिन्न खाले देशि–विदेशी तत्वको उत्साहटबाट नेपालमा राजसंस्थाको अन्त भयो । राजसंस्था त अन्त भयो तर बहुसंख्यक जनताको मन र मुटुबाट राजसंस्था हटेको छैन । अभिभावकीय भए पनि राजसंस्था चाहिन्छ भन्ने आवाज सडकबाट उठि नै रहेको छ । के सुखको बेला, के दुःखको बेला राजसंस्थाको लागि आवाज उठिरहेकै छ । हिन्दु र बौद्ध सभ्यताको सहअस्तित्व तथा विभिन्न जातजाती र समुदायका मौलिक संस्कृतिले नेपाललाई विशिष्ट बनाएका थिए, छन् । सनातन संस्कृतिको संरक्षण गर्नु भनेको अरु धर्मको अधिकार संकुचित गर्नु होइन । सबै धर्मको स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक सभ्यताको संरक्षण गर्न सकिन्छ । हामी नेपाली एकिकृत, संगठित र मेलमिलाप साथ हिड्ने बाटो भनेको संवैधानिक राजसंस्था र हिन्दु धर्म पूनरवहाली नै हो । जब हामी बोल्छौं, त्यो हाम्रो स्वार्थले मात्र होइन, देश र जनताको आवश्यकताले हो । राजसंस्थाले नेपालको जाती धर्म, भुगोल र समुदायका नाममा नागरिकलाई विभाजित गर्दैन, साझा नेपाली पहिचानमा जोड्छ । राजसंस्थाको पूनस्थापनाको वहसमा यहि व्यापक राजनीतिक सन्दर्भमा हेर्न आवश्यक छ । संवैधानिक र गैरदलीय राजसंस्थाले राष्ट्रिय निरन्तरता, सांस्कृतिक पहिचान र एकताको साझा केन्द्रको भूमिका निर्वाह गर्न सक्छ भन्ने जनमतका उपेक्षा गर्न नसकिने राजनीतिक बहस बनेको छ । नेपाललाई अब अर्को सत्ता समीकरण मात्र होइन, राष्ट्रिय दिशाको स्पष्टता चाहिएको छ । व्यवस्था जनताको लागि हो, जनता व्यवस्थाको लागि हो । त्यसैले गणतन्त्र वा राजसंस्थाको बहस समेत भावनात्मक आग्रह–पूर्वाग्रहबाट होइन, राष्ट्रिय हित र परिणामकका आधारमा हुनुपर्छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता, सनातन सभ्यता, सामाजिक सद्भाव, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, निष्पक्ष न्याय, आर्थिक आत्म निर्भरता, प्राकृतिक स्रोतको राष्ट्रिय हितमा उपयोग र युवालाई स्वदेशमै भविस्य छ भन्ने बनाउन आजको प्राथमिकता बन्नुपर्छ । राजा, राष्ट्रपति, राजनीतिक दल वा कुनै संस्था राष्ट्रभन्दा ठूलो हुँदैन । राष्ट्र सबै भन्दा मािथ हुन्छ । हिजोको दिनको हामीले आज स्मरण गर्ने बेला आएको छ । राजाले जनताको सम्पत्ति लुटेको अवस्था थिएन । जनताको अभिमत विर्सेको अवस्था थिएन । देशमा यस्तो परिस्थिति बन्यो, जसले गर्दा राजा ज्ञानेन्द्रले सत्ता त्याग्नु प¥यो । हामी सबैले यो कुरा मान्नुपर्छ । बेलायत, जापान जस्ता विकसित देशमा पनि राजालाई स्थान दिएको पाएको छौं । अन्त राजा राख्न हुने, एक युग बोकेको राजसंस्था नेपालमा राख्न किन नहुने ? नेपालको भविष्य पनि त्यही राजनीति व्यवस्थामा सुरक्षित हुनेछ, जसले जनतालाई सर्वोच्च राख्दै राष्ट्रलाई स्वाधीन, न्यायलाई निष्पक्ष र अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सक्छ । त्यसैले हामीले खोजेको राजसंस्था, निष्पक्ष न्याय, शान्ति र विकास दिने र जनताको अभिमत अनुसार चल्ने खोजेका हौ । यहि पेरिफेरिमा आज लाखौ जनताले राजसंस्था पूनस्थापना खोज्नु के स्वभाविक होइन ? रत्नपार्कमा समेत विभिन्न संस्थाले राजसंस्था पुनःस्थापनाको लागि हस्ताक्षर अभियान गरिरहेका छन् । त्यो हस्ताक्षर अभियान आफ्नो स्वार्थलाई भन्दा जनमत बुझ्ने माध्यम हो भन्ने हामीले बुझ्नु पर्छ । त्यो हस्ताक्षर अभियान राजसंस्था पुनःस्थापनाको लागि सुरुवात बन्न सक्छ । (लेखक जोशी सामाजिक एवम् राजनीतिक अभियन्ता हुन ।)

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij