२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

समिप आचार्यको शब्द–सङ्गीतमा ‘भो यो माया’ सार्वजनिक

  • आइतबार, असोज १२ २०८२

काठमाडौं — समिप आचार्यको शब्द तथा सङ्गीतमा तयार भएको नयाँ गीत ‘भो यो माया’ सार्वजनिक भएको छ। गायक नारायण सुवेदी ‘आभास’को सुमधुर स्वरमा रेकर्ड गरिएको यस गीतले आधुनिकता र परम्पराको मिश्रणमार्फत नेपाली प्रेमगीतमा नयाँ स्वाद दिने उद्देश्य राखेको छ।

गीतको एरेञ्ज उदय राज पौडेलले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन्। म–बीट स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मोनीश चाम्लिङ हुन्। सरंगीमा हेमन्त रसाइली र बाँसुरीमा रत्न बीकेको वादनले गीतमा मौलिकता थपिएको छ।

गीतसँगै सार्वजनिक म्युजिक भिडियोमा कलाकार किरण तामाङ र ललिता थापाले अभिनय गरेका छन्। कर्णबहादुर खड्काको छायांकन, सुन्दर क्षेत्रीको सम्पादन र मिना बुढाथोकी सावित्रीको निर्देशनमा तयार भिडियोमा प्रेम र पीडाको कथा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij