काठमाडौँ – काठमाडाैंमा कर्पाेरेट कार्यालय रहेकाे नेचुरल इस्पिरिट्स नेपाल लिमिटेड (जसले सेतो बाघ भोड्का उत्पादन गर्दै आएको छ)ले सर्वसाधारणका लागि २०% अर्थात् १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ ।
आईपीओ जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिएको छ।
साधारण शेयर निष्कासनका लागि नेचुरल इस्पिरिट्सका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन्।
यस कम्पनीको उत्पादन कक्ष धादिङको गल्छी गाउँपालिकामा छ । जहाँ कम्पनी करिब २० रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ दुईवटा अर्ध-स्वचालित बोटलिङ्ग लाइनहरू, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्यांकहरू र पाँच वटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्युट्रल अल्कोहल ट्यांकहरू छन् ।
हाल कम्पनीसँग वार्षिक १ करोड २० लाख लिटर उत्पादन क्षमता छ।
हाल बजारमा कम्पनीका दुई प्रमुख उत्पादनहरू उपलब्ध छन्: ‘सारङ्गी ह्विस्की ४० यूपी’ र ‘सेतो बाघ भोड्का ३० यूपी’, जसको संयुक्त वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको कम्पनीले जनाएको छ।
निकट भविष्यमा कम्पनीले ‘रारा ब्लुज ४० यूपी’ नामक नयाँ भोड्का ब्राण्ड उत्पादन गरी बजारमा उतार्ने तयारीमा रहेको जानकारी पनि दिइएको छ ।
यस कम्लेपनीले २०२१ मा उत्पादन कार्य सुरु गरेको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij