२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

आज चार प्रदेशमा ‘भारी वर्षा’को पनि सम्भावना  

आज चार प्रदेशमा ‘भारी वर्षा’को पनि सम्भावना  

  • सोमबार, असार २३ २०८२

 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार २३, सोमबार) देशभर विभिन्न स्थानमा हल्कादेखि भारी वर्षासम्मको सम्भावना रहेको जानकारी दिएको छ।

महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको दैनिक संक्षिप्त बुलेटिनअनुसार, आज दिनभर र रातभर देशका पहाडी क्षेत्रका थोरै स्थान तथा अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन सुझाव दिइएको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातसमेत हुन सक्ने उल्लेख छ।

मौसमविद्का अनुसार आगामी २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।

महाशाखाले ‘एक–दुई स्थान’को अर्थ सम्बन्धित प्रदेशका १० प्रतिशतभन्दा कम भागमा पानी पर्न सक्ने सम्भावना रहेको स्पष्ट पारेको छ। त्यस्तै, १०–३० प्रतिशत क्षेत्रफलमा पानी पर्ने अनुमान छ भने ‘थोरै स्थान’, ३०–५० प्रतिशत क्षेत्रलाई ‘केही स्थान’, ५०–८० प्रतिशत क्षेत्रलाई ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रलाई ‘अधिकांश स्थान’मा वर्षा हुने भनिन्छ।

महाशाखाले वर्षासँगै सम्भावित बाढी, पहिरो तथा हिलोकाे जोखिम रहेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। विशेषगरी वर्षा बढी हुने भनिएका प्रदेशका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij