२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको ‘ग्यारेण्टिड ग्रोथ प्लान’ योजना सार्वजनिक

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको ‘ग्यारेण्टिड ग्रोथ प्लान’ योजना सार्वजनिक

  • बुधबार, बैशाख १० २०८२

काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले बजारको न्यून तथा मध्यम आय वर्गका लागि नयाँ बिमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ बिमालेख प्रचलनमा ल्याएको छ । यस योजनाले वर्तमानमा सानो-सानो रकम बचत गरी बिमालेख परिपक्व हुँदा बीमितलाई एकमुष्ठ रकम प्राप्त गरी आफ्नो आर्थिक लक्ष्य हासिल गर्न मदत गर्ने विश्वास कम्पनीको छ । यो योजनाले बिमालेख चालुरहेको अवस्थामा बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस बिमालेख १८ वर्ष देखि ६५ वर्षसम्मको व्यक्तिले न्यूनतम ८ वर्ष तथा अधिकतम् २५ वर्ष अवधिको लागि खरीद गर्न सक्ने छन् । यस बिमा योजना अन्तर्गत न्यूनतम बिमांक १० हजार रुपैयाँ तथा अधिकतम बिमांक ५ लाख रुपैयाँसम्म हुनेछ । यस बिमा योजना अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता तथा इच्छा अनुसार वार्षिक, अर्ध-वार्षिक, त्रैमासिक तथा एकमुष्ठ रुपले बिमाशुल्क तिर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै यस योजनासँगै अतिरिक्त सानो रकम तिरी एडीबी तथा एटीपीडी सुविधा पनि लिन सकिनेछ ।

यस बिमा योजनाको मुख्य विशेषता बिमालेखको अवधि भुक्तानीमा बिमांक रकम तथा बिमालेखको अवधिको आधारमा १० वर्षे अवधिसम्म २५ रुपैयाँ, १०/१४ वर्षे अवधिसम्म ३५ रुपैयाँ, १५/१९ वर्षे अवधिसम्म ४५ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथिको अवधिमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजारको दरले ग्यारेन्टेड रिटर्न दिइने कम्पनीले जनाएको छ ।

यस योजनामा अवधि समाप्त हुनुभन्दा अगावै बिमालेख सक्रिय रहेको अवस्थामा बीमितको मृत्यु हुँदा मूल बिमांक रकममा बिमालेखको अवधिको आधारमा बिमांक रकममा प्रत्याभूत गरिएको आय (ग्यारेन्टेड रिटर्न) थप गरि एकमुष्ठ भुक्तानी गरिने छ। साथै बिमालेख अन्र्तगत पूरा तीन वर्षको बिमाशुल्क भुक्तानी भइ बिमा प्रारम्भ मितिले ३ वर्ष पूरा भएको अवस्थामा नेपाल बिमा प्राधीकरणले लागु गरेको विधि अनुसार बिमालेख अन्तर्गत सर्मपण मूल्यको ९० प्रतिशतसम्म कर्जा वा बिमालेख सर्मपण गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij