२०८३ भाद्र ३ बुधबार

Aug 19 2026 Wednesday

  • २०८३ भाद्र ३ बुधबार

२०८३ भाद्र ३ बुधबार

कोसेली छाला जुत्ता उद्योगमाथि दुई लाख रुपैयाँ जरिवाना

कोसेली छाला जुत्ता उद्योगमाथि दुई लाख रुपैयाँ जरिवाना

काठमाण्डौ, ४ बैशाखः  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोसेली छाला जुत्ता उद्योगमाथि दुई लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागले उत्पादनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरेको पाइएपछि कारबाही गरेको हो । साथै, विभागले उक्त उत्पादनको बिक्री र वितरणमा पनि अस्थायी रोक लगाएको छ ।

विभागले बुधबार काठमाण्डौ महानगरपालिका–१६ मा रहेको उक्त उद्योगमा नियमित अनुगमनका क्रममा नियम उल्लंघन भेटिएको जनाएको छ । यसै क्रममा नागार्जुन नगरपालिका–३ मा रहेको नेपाल जुत्ता फ्याक्ट्रीमा भने सानातिना कमजोरी देखिएपछि सामान्य निर्देशन दिई छाडिएको छ ।

त्यसैगरी, काठमाण्डौ–३१ स्थित सिउटिक्स फर्मा र क्युटिज फार्मेसी प्रालिमा बिक्रीका लागि राखिएका सौन्दर्यसम्बन्धी सामग्रीको नमुना संकलन गरिएको छ । ती वस्तुहरूको गुणस्तर परीक्षणका लागि बिक्री अस्थायी रूपमा रोकिएको र दुवै फार्मेसीलाई तीन दिनभित्र व्यवसायसम्बन्धी आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यसैबीच, विभागले अघिल्लो अनुगमनमा रोक्का गरेका काठमाण्डौ–१७ स्थित पशुपति ट्रेडिङ कन्सर्न र काठमाण्डौ–२२ स्थित जनता केबुल इन्डस्ट्रिज प्रालिको कारोबार पुनः सुरु गर्न अनुमति दिएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ बमोजिम विभागले व्यवसायहरूलाई निरन्तर निगरानीमा राख्दै आवश्यक निर्देशन तथा कारबाही गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij