२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

भाेलि बैशाख १ अर्थात् नयाँ बर्ष: सार्वजनिक बिदा

भाेलि बैशाख १ अर्थात् नयाँ बर्ष: सार्वजनिक बिदा

  • आइतबार, चैत्र ३१ २०८१

काठमाडौं । भोलिबाट नयाँ बर्ष विक्रम संवत २०८२ काे शुभारम्भ हुँदैछ। भाेलि देशभरी सरकारले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र शेयर बजारहरूमा समेत सार्वजनिक बिदा दिएकाे छ ।

याे नयाँ वर्षलाइ देश विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक अर्कालाई शुभकामना आदान–प्रदान गरेर मनाउने गरीन्छ । ऐतिहासिक रूपमा राजा विक्रमादित्यले प्रारम्भ गरेको यस संवतलाई विक्रम संवत भनिन्छ। नेपालमा यस संवतलाई मौलिक राष्ट्रिय पात्रोका रूपमा मल्लकालदेखि प्रयोग गरिँदै आएको छ।

सरकारले नयाँ वर्षको दिनलाई सार्वजनिक बिदाका रूपमा घोषणा गरेकोले भोलि देशभर सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरू र शेयर बजारहरूसमेत बन्द रहने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij