२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

धरान–१४ ले गोधुली रनिङ कपको उपाधि चुम्यो

धरान–१४ ले गोधुली रनिङ कपको उपाधि चुम्यो

धरान, २२ चैत: धरान१४ ले २५औँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ। धरान–१६ स्थित रङ्गशालामा भएको फाइनल खेलमा धरान–१५ लाई १–० को झिनो अन्तरले पराजित गर्दै धरान–१४ च्याम्पियन बनेको हो।

खेलको ६१औँ मिनेटमा विवेक राईले गरेको गोल नै निर्णायक बन्यो। त्यसपछि दुवै टिमले केही अवसर पाए पनि गोल गर्न सकेनन्। यस जितसँगै धरान–१४ ले नगद एक लाख ७५ हजार रुपैयाँसहित उपाधि आफ्नो पोल्टामा पारेको छ भने उपविजेता धरान–१५ ले एक लाख रुपैयाँमा चित्त बुझाउनु पर्‍यो।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका धरान–१४ का आशिष पुरी “प्लेयर अफ दी म्याच” घोषित भए र उनले नगद पाँच हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको अन्य विधागत पुरस्कारहरू यस प्रकार छन्:

उत्कृष्ट गोलकिपर: धरान–१५ का राजीव खड्का (रु ५,५००)

उत्कृष्ट डिफेन्डर: धरान–१५ का अस्तोष राई (रु ५,५००)

उत्कृष्ट मिडफिल्डर: धरान–१५ का अरिक गुरुङ (रु ५,५००)

उत्कृष्ट स्ट्राइकर: धरान–१४ का निमेश तामाङ (रु ५,५००)

उत्कृष्ट प्रशिक्षक: धरान–१४ का शिव राई (रु ५,५००)

हाइस्कोरर: धरान–१७ का कृष्ण राई (रु ५,५००)

उदाउँदो खेलाडी: धरान–१७ का सुवास विक (रु ५,५००)

त्यसैगरी, धरान: १७ लाई “फेयर प्ले टिम” को उपाधि प्रदान गरिएको थियो।

चैत ७ गतेदेखि सुरु भएको रात्रिकालीन प्रतियोगितामा धरान उपमहानगरपालिकाका १८ वडाले भाग लिएका थिए। रङ्गशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति बीच सम्पन्न प्रतियोगिता निकै रोमाञ्चक रह्यो।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij