काठमाडौं, २१ चैतः रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।
आइएफआरसीले अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई आधिकारिक पत्र पठाउँदै निलम्बनको जानकारी गराएको हो। अध्यक्ष नेपालसहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, र नारायण तिमिल्सिनालाई पनि निलम्बन गरिएको छ।
उनीहरूलाई संस्थाका आधारभूत मूल्य र सिद्धान्तको उल्लंघन गरेको, प्रशासनिक अराजकता सिर्जना गरेको तथा राजनीतिक प्रभावमार्फत आर्थिक फाइदा लिएको आरोप लगाइएको छ। यी कारणहरूलाई आधार मानेर उनीहरूलाई पदबाट हटाइएको आइएफआरसीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij