काठमाडौँ, २० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनप्रति पूर्ण रूपले प्रतिबद्ध रहेको बताउनुभएको छ।
रेडियो नेपालको ७५औँ वार्षिकोत्सवको अवसरमा दिइएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताप्रतिको सरकारको अटल निष्ठा व्यवहारमै स्पष्ट भएको उल्लेख गर्नुभयो। उहाँले प्रेस क्षेत्रले राष्ट्रियता, लोकतन्त्र, सुशासन र विकासलाई सुदृढ गर्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका लागि सरकारद्वारा अगाडि सारिएका सामाजिक परिवर्तन, विकास, सुशासन, पारदर्शिता तथा स्वच्छतासम्बन्धी अभियानलाई जनस्तरसम्म पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “नेपालको राजनीतिक चेतनाको जागरणमा रेडियो नेपालको विशिष्ट योगदान रहँदै आएको छ। अब देशको समृद्धि र विकासका लागि रेडियो नेपालले आम नागरिकलाई सूचित गर्दै, रोजगारी सिर्जना गर्ने सन्देश प्रवाह गर्न र नवीन प्रविधिको सदुपयोगमार्फत आर्थिक विकासलाई तीव्र बनाउन क्रियाशील रहनुपर्छ।”
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij