काठमाडौँ, १९ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। कारोबार समापनसम्म नेप्से १६.९५ अङ्कले घट्दै २,६७६.१७ विन्दुमा झरेको छ।
आज कुल ३२० कम्पनीका १ करोड ६ लाख ७० हजार ६४९ कित्ता शेयरहरू ५६ हजार ५४८ पटक खरिद-बिक्री भए, जसबाट कूल कारोबार रकम ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० रुपैयाँ पुगेको छ।
आजको सेयर बजारमा व्यापार समूह मात्र ३.८० प्रतिशतले वृद्धि भएको छ भने अन्य सबै समूह घटेका छन्। बैंकिङ समूह ०.७४ प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत, वित्त समूह १.८४ प्रतिशत, होटल तथा पर्यटन समूह १.७४ प्रतिशत, जलविद्युत् ०.९९ प्रतिशत र लगानी समूह ०.४४ प्रतिशतले घटेका छन्।
त्यसैगरी, जीवन बीमा समूह ०.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५२ प्रतिशत, लघुवित्त १.१० प्रतिशत, म्युचुअल फन्ड ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३८ प्रतिशत र अन्य समूह १.३९ प्रतिशतले घटेका छन्।
आज गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यले सकारात्मक सर्किट हानेको छ भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.५६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ।
आजको कारोबारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनी हिमालयन रिइन्सुरेन्स लिमिटेड रहेको छ। यसको ६ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच हुँदै ६४ करोड २५ लाख ६६ हजार ६२२ रुपैयाँ बराबरको कारोबार भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij