२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

पत्रकार र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध प्रदर्शन

पत्रकार र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध प्रदर्शन

  • शनिबार, चैत्र १६ २०८१
चितवनमा पत्रकारहरुको विरोध प्रदर्शन नारायणगढ (चितवन), १६ चैतः शुक्रबार काठमाडौँमा गरिएको प्रदर्शनको क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि भएको आक्रमण तथा रिपोर्टिङका क्रममा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शनिबार भरतपुरको चौबीसकोठीमा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी पत्रकार । तस्बिरः सनद अधिकारी÷रासस

चितवन, १६ चैतः नेपाल पत्रकार महासङ्घ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणमो विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।

उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासङ्घ चितवन शाखाले कार्यालयदेखि चौबीसकोठीसम्म प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण अक्षम्य अपराध भएको बताउनुभयो  । त्यसअवसरमा चितवन शाखाका अध्यक्ष वसन्त पराजुली, प्रेस चौतारी नेपाल बागमती प्रदेशका अध्यक्ष तिलकराम रिमाल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष टीकादत्त तिमिल्सनालगायतले घटनाको विरोध गर्दै अराजक तत्वलाई कारबाहीको माग गर्नुभयो ।

उहाँहरुले पत्रकार रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले ‘पत्रकार सुरक्षाको ग्यारेन्टी गर’, ‘पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर’, ‘प्रेस स्वतन्त्रता कायम गर’, ‘स्ट्याण्ड्स फर प्रेस फ्रिडम’ र ‘पत्रकारमाथिको दमन बन्द गर’ लेखिएका प्ले कार्ड बोकेका थिए ।
दोषिमाथि कारबाहीको माग

सोही घटनाका सम्बन्धमा आजै नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरले पनि उक्त घटनाको छानबिन गरी दोषिमाथि कारवाहीको माग गरेको छ । “समाचार सङ्कलन गर्न गएका सञ्चारकर्मीको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङगा हान्ने, सवारी साधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतङ्कित पार्ने कार्य गरेकामा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ”, शाखाका अध्यक्ष सुरेश धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जनतालाई सु–सूचित गराउने र विचार निर्माणमा सघाउने सञ्चार संस्थाहरु र सञ्चारकर्मीको ज्यानै जाने गरी यसप्रकाको हमला हुनु घोर आपत्तिजनक निन्दनीय र भत्र्सनायोग्य कार्य भएको महासङ्घले ठहर गरेको छ । “शान्तिपूर्ण प्रदर्शन गर्ने संवैधानिक अधिकारको महासङ्घ सदैव सम्मान गर्दछ”, अध्यक्ष धामीले भन्नुभयो, “आन्दोलनका नाममा सञ्चारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित पार्ने र त्रसित पार्ने कार्य किमार्थ स्वीकार्य छैन ।” यस्ता अमानवीय कार्यमा संलग्न जो कोही भएपनि तत्काल कानुनी कठघरामा उभ्याउन महासङ्घले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij