२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई ममहासङ्घले कानुनी कारबाहीमा गर्ने

पत्रकारलाई सामुहिक बदनाम गर्नेलाई ममहासङ्घले कानुनी कारबाहीमा गर्ने

रौतहट, १४ चैतः  समाजिक संजालमा पत्रकारहरुलाइ सामुहिक बदनाम गराउने जोकोहीलाई कानुनी कारबाही गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखाले जनाएको छ । महासंघ रौतहटका सचिव गौतम श्रेष्ठले  बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै, केही समय देखि समाजिक संजालमा रौतहटका सञ्चारकर्मी पत्रकारहरुलाइ सामुहिक रूपमा बदनाम गर्ने गरी केही व्यक्तिहरुले अशिष्ट भाषाको प्रयोग गर्दै तथानाम लेख्ने गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

जारी विज्ञप्तिमा, कुनै व्यक्ति वा पात्र संगको वैचारिक मतभेद वा रिसिविलाई लिएर सिङ्गो सञ्चारकर्मीहरुलाई बदनाम गर्ने काम हुनुहुदैन । कोहि कसैले बदमासी गरेको भए सो व्यक्तिको नाम किटानी गरि सम्बन्धित निकायामा उजुरी गर्नुको साटो सम्पुर्ण पत्रकारलाई आरोप लगाउनु निन्दनीय रहेको भन्दै यस्तो कार्य गर्नेलाई कानुनी कार्वाही गर्ने उल्लेख गरिएको छ ।

समाजिक संजालमा विना प्रमाण पत्रकारहरुलाई आरोप लगाउने, बदनाम गराउने अपशब्द प्रयोग गरी गालीगलौज गर्ने कार्य भएमा सोको विरुद्ध  कानुनी कार्वाहीमा जाने बाध्य हुने भन्दै त्यस्ता किसिमको घटनाहरुको बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै समाजिक संजालमा निगरानी बढाउन आग्रह गरेको छ । साथै जारी विज्ञप्ति मार्फत सञ्चारकर्मीहरुलाई कार्यक्षेत्रमा नेपाल पत्रकार महासङ्घले तोकेको पत्रकार अचार संहिता भित्र रहेर आफ्नो जिम्मेवारी र दायित्व बमोजिम काम गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको  बैठकले सह सचिव दिनेश यादव संगमलाई सूचना अधिकारीको रूपमा नियुक्त गरिएको अध्यक्ष सन्जय कुमार कार्कीले जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij