२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

दासताविरुद्धको अन्तर्राष्ट्रिय स्मृति दिवस आज

दासताविरुद्धको अन्तर्राष्ट्रिय स्मृति दिवस आज

काठमाडौँ, १२ चैत – आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस मनाइँदैछ। यो दिवस सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको पहलमा मनाउन थालिएको हो, जसले सन् १८०७ मा संयुक्त अधिराज्यमा पारित दास व्यापार उन्मूलन ऐनको स्मरण गराउँछ।

इतिहासमा विशेष गरी अफ्रिकी मुलुकका मानिसहरू श्रमका लागि जबरजस्ती संयुक्त अधिराज्य, अमेरिका तथा अन्य विकसित राष्ट्रमा दासका रूपमा लगिएको थियो। यसकै अन्त्य गर्न बनेको ऐनलाई सम्झना गर्दै तथा पीडित श्रमिकहरूको सम्मानस्वरूप यो दिवस मनाउने गरिन्छ।

उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासत्वमा राख्न, बेचबिखन गर्न, स्थानान्तरण वा विनिमय गर्न पूर्ण रूपमा निषेध गरेको छ। यस दिवसको उद्देश्य संसारभरका श्रमिकहरूलाई समान अधिकार तथा उचित पारिश्रमिकसहितको कामको सुनिश्चितता दिनुपर्छ भन्ने सन्देश फैलाउनु हो।

यसै अवसरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना हुँदैछ, जहाँ नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij