२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

वीरगञ्ज नाकाबाट एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाकाबाट एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज (पर्सा), ११ चैत: चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वीरगञ्ज नाकाबाट रु एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा डिजेल, पेट्रोल, एलपी ग्यास (लिक्विफाइड पेट्रोलियम ग्यास), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात गरिएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थको आयातमा रु एक अर्ब ६७ करोडले वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो आठ महिनामा रु एक खर्ब २० अर्ब ५३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार चालु आवमा पेट्रोलियम पदार्थको आयातसँगै राजस्व सङ्कलन पनि बढेको छ।

उहाँले भन्नुभयो, “हाल पूर्वाधार निर्माण तीव्र रूपमा भइरहेको छ, जसका कारण पेट्रोलियम पदार्थको माग र आयातमा वृद्धि देखिएको छ।”

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा सबै प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ। अघिल्लो वर्ष सोही अवधिमा रु ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो।

डिजेल, पेट्रोल र ग्यास आयात विवरण
चालु आवको आठ महिनामा रु ६१ अर्ब ४५ करोड बराबरको छ लाख ८५ हजार ९९१ किलोलिटर डिजेल आयात भएको छ, जसबाट रु २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ।

यस्तै, रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा रु १६ अर्ब ४८ करोड राजस्व उठाइएको छ।त्यसैगरी, रु २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ, जसबाट रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा रु १९ अर्ब ५२ करोड मूल्य बराबरको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो। यसरी, चालु आवमा पेट्रोलियम पदार्थको आयात र त्यसबाट उठाइएको राजस्वमा उल्लेखनीय वृद्धि देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij