२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न साधारण सभा बोलायो

ग्रीन डेभलपमेन्ट बैंकले हकप्रद शेयर जारी गर्न साधारण सभा बोलायो

काठमाडाैं, ६ चैतः ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई बोनस शेयर वितरण गरेपछि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले चैत २७ गते बागलुङ्ग नगरपालिका-२, हरि शंकर रोडस्थित होटल पिस प्यालेसमा बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ हाे । उक्त सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयरका लागि लाग्ने कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश दिने तथा बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतको दरमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर वा एक्विजिशन प्रक्रियामा जान सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्वका लागि दुई जना सञ्चालक चयन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले सभामा भाग लिनुका साथै बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij