२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

Sparrow SMS ले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

Sparrow SMS ले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै

काठमाडौं, ६ चैतः नेपालको  एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक Sparrow SMS १५ औं वार्षिकोत्सवमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको रूपमा सुरुवात गरेको Sparrow SMS ले प्रविधिमा निरन्तर सुधार गर्दै आफूलाई अब्बल र भरपर्दो एसएमएस सेवा प्रदायकको रूपमा स्थापित गरेको छ।

चुनौतीपूर्ण यात्रा, सफलता प्राप्ति
देशमा लोडसेडिङ र उच्च गुणस्तरीय पूर्वाधारको अभावका बाबजुद Sparrow SMS ले आफ्ना सेवाहरू विस्तार गर्दै आएको छ। सुरुवातमै लोडसेडिङ तालिका एसएमएसमार्फत जानकारी दिने सेवा सञ्चालन गरी लोकप्रियता हासिल गरेको Sparrow SMS ले त्यसपछि एसएलसी (हाल SEE) को नतिजा एसएमएस मार्फत उपलब्ध गराउने सेवा पनि सुरू गर्‍यो। यस सेवाले विशेष गरी विद्यार्थी तथा अभिभावकमाझ कम्पनीलाई विश्वासिलो नाम बनायो।

सामाजिक तथा व्यवसायिक योगदान
Sparrow SMS ले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको श्रम स्वीकृति एसएमएस मार्फत जाँच्न मिल्ने सुविधा, २०७२ को भूकम्पका बेला राहत वितरण सहजीकरण, मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा, दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

व्यावसायिक क्षेत्रमा पनि यसको योगदान उल्लेखनीय छ। हालसम्म ७००० भन्दा बढी व्यवसायहरूलाई बल्क एसएमएस सेवा, एसएमएस एपीआई सेवा उपलब्ध गराई व्यवसाय र ग्राहकबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्न सहयोग गर्दै आएको छ। कम्पनीले वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने क्षमता हासिल गरेको छ।

नवीनतम प्रविधिहरूको प्रयोग
Sparrow SMS ले भाइबर बिजनेस मेसेजिङ, WhatsApp बिजनेस मेसेजिङ, कृत्रिम बुद्धिमत्ता (AI) जडित Voice Broadcasting, मिस्ड कल मार्केटिङ जस्ता अत्याधुनिक सेवाहरू समेटेको छ। प्रविधिको तीव्र विकाससँगै कम्पनीले डिजिटल सञ्चारलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको छ।

CEO को भनाइ
१५ औं वार्षिक उत्सवको अवसरमा Sparrow SMS का CEO मनोज थापाले भने, “हामी Sparrow SMS को १५ औं वार्षिकोत्सव मनाइरहँदा सम्पूर्ण ग्राहक, शुभचिन्तक, टेलिकम पार्टनर तथा कम्पनीका कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु। हामीले प्राप्त गरेका उपलब्धिहरू हाम्रो यात्राको सुरुवात मात्र हुन्। ग्राहक केन्द्रित सेवा विस्तार र नवीनतम प्रविधिको प्रयोग हाम्रो प्राथमिकता हुनेछ।”

विशेष अफर र निःशुल्क सेवा
वार्षिक उत्सवको अवसरमा Sparrow SMS को प्लेटफर्ममा जोडिने ग्राहकहरूलाई जीवनभर निःशुल्क सेवा प्रदान गरिनेछ। साथै, कम्पनीले विभिन्न अफरहरू पनि ल्याएको छ। थप जानकारीका लागि www.sparrowsms.com मा भ्रमण गर्नुहोस् वा ९८०२००५००७ मा सम्पर्क गर्नुहोस्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij