२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

डिशहोमकाे १ जीबीपीएस गतिको इन्टरनेट सेवा सार्वजनिक

डिशहोमकाे १ जीबीपीएस गतिको इन्टरनेट सेवा सार्वजनिक

काठमाडौं, ५ चैतः  डिशहोमले उच्च गतिको इन्टरनेट चाहने उपभोक्ताहरूका लागि ‘डिशहोम एलिट इन्टरनेट योजना’ अन्तर्गत १ जीबीपीएस क्षमताको ‘अल्ट्राम्याक्स’ प्याकेज ल्याएको छ।

कम्पनीका अनुसार यो सेवा विशेष गरी भिडिओ स्ट्रिमिङ, गेमिङ, अनलाइन मिटिङ तथा धेरै डिभाइस प्रयोग गर्ने ग्राहकहरूका लागि उपयुक्त छ। नेपालमै पहिलोपटक वाई-फाई सिक्स प्राइमरी राउटर सहितको यो प्याकेज स्मार्ट होम तथा आईओटी डिभाइस प्रयोगकर्ताहरूका लागि उपयोगी हुनेछ।

यस योजनामा वाई-फाई सिक्स प्राइमरी राउटरसहित पाँच लाख रुपैयाँको जीवन बीमा सुविधा र वाई-फाई एक्सटेन्डर (गिगाहोम मेश नोड) निःशुल्क प्रदान गरिनेछ।

वाई-फाई सिक्स प्रविधि भएका राउटर पुराना राउटरहरूको तुलनामा छिटो हुने र फोरके/एटके भिडिओ स्ट्रिमिङ, आईपीटिभी, भीआर तथा अनलाइन गेमिङका लागि प्रभावकारी हुने कम्पनीले जनाएको छ।

यो प्रविधिले एकै समयमा ६४ ओटा डिभाइस जडान गर्न सक्ने क्षमता राख्छ। साथै, प्यारेन्टल कन्ट्रोल र सुरक्षित नेटवर्क पहुँच जस्ता सुविधाहरू पनि यसमा समावेश छन्। स्मार्ट लाइट, सेक्युरिटी क्यामेरा, स्मार्ट स्पिकर जस्ता आईओटी उपकरणहरू सहज रूपमा कनेक्ट गर्न सक्ने गरी डिजाइन गरिएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij