२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

अत्याधुनिक प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण

अत्याधुनिक प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण

काठमाडौं, ५ चैतः आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीहरूको व्यवस्थापन अत्याधुनिक प्रणाली Supervisory Control and Data Acquisition (SCADA) मार्फत गर्ने व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाका अग्ला र होचा स्थानहरूमा रहेका पानीपोखरीहरूबाट प्रवाह हुने मेलम्चीको पानी समानुपातिक किसिमले वितरण गर्नका लागि (PID) बाट विच्छ्याइएको छ । नयाँ वितरण सञ्जालका पाइपलाइनको संचालन समेत SCADA मार्फत गर्ने व्यवस्था मिलाइएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(KUKL) को पानीपोखरीस्थित शाखा कार्यालयमा निर्माण गरिएको नियन्त्रण (Control Room) बाट SCADA प्रणाली मार्फत पानीपोखरीहरूको व्यवस्थापन र वितरण सञ्जालको सोही व्यवस्था अनुसार संचालन गर्न थालिएको छ ।

यसैगरी, SCADA  प्रणाली मार्फत उपत्यकाका १५ वटै पानीपाखरीहरूमा पानीको धमिलोपना र क्लोरिन कन्टेन्ट परीक्षण गरी गुणस्तर मापन गर्ने व्यवस्था गरिएको छ ।

हाल नमूनाका रूपमा चःमती र अनामनगर क्षेत्रका उपभोक्ताका घरहरूमा जडान गरिएका धाराहरूमा स्वचालित विद्युतीय मिटर समेत जडान गरिएकाे जारी विज्ञप्तीमा उल्लेख छ । उक्त प्रणाली मार्फत मेलम्चीको पानीको आपूर्ति सम्बन्धी विवरण सहितको प्रत्यक्ष जानकारी KUKL को केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट समेत लिन सकिने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij