२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं”

“अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं”

काठमाडौं, ५ चैत्रः ग्लोबल मनी वीक २०२५ को अवसरमा प्रभु बैंक लिमिटेड, गण्डकी प्रदेश कार्यालयको पहलमा “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं।” भन्ने नाराकासाथ बागलुङ जिल्लाको पश्चिमी क्षेत्र बुर्तिबाङमा वित्तीय जनचेतनामूलक र्‍याली सम्पन्न भएको छ। र्‍यालीले बुर्तिबाङ बजारको परिक्रमा गर्दै स्थानीय व्यापारी तथा बासिन्दालाई वित्तीय साक्षरताको सन्देश प्रवाह गरेकाे हाे।

र्‍यालीमा सहभागीहरूले वित्तीय ज्ञान प्रवर्द्धन गर्ने विभिन्न सन्देशयुक्त प्लेकार्ड तथा ब्यानर बोकेका थिए। प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले वित्तीय शिक्षा र सचेतनाको महत्त्वबारे प्रकाश पार्दै सबै उमेर समूहलाई विशेष गरी बालबालिका, युवा तथा वृद्धहरूलाई बचत, लगानी, तथा वित्तीय योजना बनाउन उत्प्रेरित गर्ने यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताए। उनले प्रभु बैंकले आगामी दिनहरूमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

उक्त र्‍यालीको मुख्य उद्देश्य वित्तीय अनुशासन, बचतको महत्त्व, र सही लगानीको ज्ञान स्थानीय समुदायलाई प्रदान गर्नु थियो। कार्यक्रममा स्थानीय बासिन्दाको सक्रिय सहभागिता देखिएको थियो भने सहभागीहरूले यसलाई अत्यन्तै उपयोगी र प्रभावकारी कार्यक्रमका रूपमा लिएको प्रतिक्रिया दिए।

कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैलाई प्रभु बैंक बुर्तिबाङ शाखाले धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij