२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

मनाङमा ४६ विद्यार्थी एसइई परीक्षा दिँदै

मनाङमा ४६ विद्यार्थी एसइई परीक्षा दिँदै

मनाङ, ४ चैत – आउँदो चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि मनाङबाट ४६ विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा सदरमुकाम चामे स्थित लोकप्रिय माविमा सञ्चालन हुनेछ।

शिक्षा समन्वय एकाइ मनाङका प्रमुख ध्रुवप्रसाद कोइरालाका अनुसार नियमिततर्फ ४१ जना र ग्रेडवृद्धितर्फ ५ जना परीक्षार्थी परीक्षा दिनेछन्। मनाङमा चारवटा स्थानीय तह रहे पनि नार्पाभूमि गाउँपालिकाबाट भने कुनै पनि विद्यार्थी सहभागी हुने छैनन्।

नासोँ गाउँपालिकाको प्रकाशज्योति माविबाट २१, ङिस्याङ गाउँपालिकाको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकाको लोकप्रिय माविबाट १६ विद्यार्थी परीक्षा दिनेछन्। यस्तै, ग्रेडवृद्धि परीक्षामा प्रकाशज्योति माविबाट २ र लोकप्रिय माविबाट ३ विद्यार्थी सहभागी हुनेछन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij