२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

एनआईसी एसिया बैंकद्वारा ५ कम्पनीका १४ लाखभन्दा बढी सेयर बिक्रीमा

एनआईसी एसिया बैंकद्वारा ५ कम्पनीका १४ लाखभन्दा बढी सेयर बिक्रीमा

काठमाडाैं, ३ चैतः एनआईसी एसिया बैंकले आफ्ना स्वामित्वमा रहेका पाँच कम्पनीका १४ लाख ४६ हजार ८८४ कित्ता सेयर आज (चैत ३) देखि बिक्रीमा राखेको छ।

बिक्री प्रक्रियामा समावेश सेयरहरूमध्ये नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता तथा नागरिक लगानी कोषको ५० हजार कित्ता रहेका छन्।

बोलपत्र पेस गर्ने प्रक्रिया
योग्य लगानीकर्ताले बिक्री सेयर खरिद गर्न बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयरको संख्यासहित आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले अधिकतम सबै सेयरका लागि समेत आवेदन दिन सक्छन्।

बोलपत्र पेस गर्ने स्थानहरू:

एनआईसी एसिया क्यापिटल, थापाथली
एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय, थापाथली
बैंकका शाखाहरू: काठमाडौं, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, वीरेन्द्रनगर
बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १० तोकिएको छ।

न्यूनतम मूल्य विवरण
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य निम्नानुसार छ:

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) – रु. १०५ प्रति कित्ता
जीवन विकास लघुवित्त – रु. ५४० प्रति कित्ता
सूर्योदय वोमी लघुवित्त – रु. २६९ प्रति कित्ता
सूर्यज्योति लाइफ इन्स्योरेन्स – रु. १५९ प्रति कित्ता
नागरिक लगानी कोष – रु. ६९६ प्रति कित्ता
लगानीकर्ताले बोलपत्र पेश गर्दा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिनुपर्नेछ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij