काठमाडाैं, ३ चैतः नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जना उम्मेदवार सर्टलिस्ट भएका छन्। अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेप्से सीईओ पदका लागि आवेदन दिएका १० जनामध्ये ५ जनाको नाम छनोट गरेको हो।
सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमा चुडामणी चापागाईँ, नारद कुमार लुईटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन्। सिफारिस समितिका अनुसार शैक्षिक योग्यता तथा व्यावसायिक कार्य योजनाको मूल्याङ्कनका आधारमा उनीहरू उच्च अंक हासिल गरेकाले सर्टलिस्ट गरिएको हो।
सर्टलिस्ट भएका उम्मेदवारहरूलाई चैत ६ गते बुधबार अर्थ मन्त्रालयमा बोलाइएको छ, जहाँ उनीहरूले आफ्नो व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण दिनेछन्। अन्तर्वार्ता बिहान ७ बजेदेखि शुरू हुने समितिले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij