२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

मूलपानीमा करेन्ट लाग्दा टिपर सहचालकको मृत्यु

मूलपानीमा करेन्ट लाग्दा टिपर सहचालकको मृत्यु

काठमाडौँ, २८ फागुनः कागेश्वरी मनोहरा नगरपालिका–७ मूलपानीमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। सोमबार राति बालुवा खन्याउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा टिपरका सहचालक १५ वर्षीय सुमन खड्का गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो।

रामेछाप, मन्थली नगरपालिका–७ का खड्कालाई शङ्खरापुर अस्पताल लैजान लाग्दा बाटोमै ज्यान गएको प्रहरी समाचार कक्षले जनाएको छ। घटनापछि प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij