दमौली (तनहुँ), २८ फागुनः व्यास नगरपालिका–३ स्थित बिपी वाटिकामा कभर्डहल निर्माण सम्पन्न भएको छ। करिब रु ९६ लाख ६३ हजार सात सय ४७ को लागतमा निर्माण गरिएको कभर्डहल व्यास नगर ब्याडमिन्टन क्लबको पहलमा तयार गरिएको हो।
यस परियोजनाका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार दुई सय ३४ सहयोग प्रदान गरेको थियो। कभर्डहल जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएको हो।
ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्दै आएको क्लबले जिल्लास्तरीय प्रतियोगिताहरू पनि नियमित रूपमा आयोजना गर्दै आएको छ। नव निर्मित कभर्डहलको उद्घाटन मङ्गलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुभयो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij