काठमाडाैं । नेपाल भारत मैत्री संघ सामाखुसी उपशाखाको तेस्रो अधिवेशन दियालो फुडल्याण्ड, बसुन्धारामा भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा संघका केन्द्रीय सह-अध्यक्ष शैलेन्द्र मोहन झा प्रमुख अतिथि रहेका थिए, र उनले कार्यक्रमको मर्म र उद्देश्यमा महत्वपूर्ण कुरा उठाए। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुष्मा शर्मा, केन्द्रीय उपाध्यक्ष र बाग्मती प्रदेश अध्यक्ष माधव प्रसाद तिमिल्सिना लगायत अन्य केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

निवर्तमान अध्यक्ष शेषकान्त शर्मा पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लक्ष्मण खनालले सञ्चालन गरेका थिए। यस अवसरमा डा. विनोद दवाडी, डा. टिका ढकाल, माधव तिमिल्सिना, शैलेन्द्र मोहन झा लगायतका विशिष्ट व्यक्तिहरूले सम्बोधन गरेका थिए। उनीहरूले नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउनका लागि संस्थाले खेल्नुभएको भूमिकामा प्रकाश पारेका थिए।

उक्त कार्यक्रमको प्रमुख आकर्षण भनेको उपशाखाबाट प्रकाशन गरिएको ‘मैत्री स्मारिका’ थियो, जसमा संस्थाका विविध पहल र गतिविधिहरू समेटिएका थिए।

साथै अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरिएकाे छ । जसमा शंकर प्रसाद भट्टराई अध्यक्षका रूपमा चयन भएका छन्।
यसैगरी सदस्यहरूको सूचीमा प्रदीप कुमार थापा, बालकृष्ण भुसाल, विनिता सापकोटा (खड्का), महेश पन्त, सुकराम तामाङ, टेकराज पोखरेल, र मुकेश प्रसाद आचार्य रहेका छन्।

नेपाल भारत मैत्री संघले सधैं सकारात्मक दृषटिकोन र आपसी सहयोगलाई प्रवर्द्धन गर्ने कार्य गर्दै आएको छ, र यो अधिवेशन पनि त्यही उद्देश्यको भाग थियो।
