२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

वृक्षरोपण कार्यक्रम

वृक्षरोपण कार्यक्रम

काठमाडौं, २७ माघः द कोका–कोला फाउण्डेशनको साथमा सहारा नेपाल र वराहा क्लाइमेटएजी प्रा.लि.ले वृक्षरोपण कार्यक्रम सुरु गरेको छ । “स्ट्रेन्दनिङ रिजेनेरेटिभ हर्टिकल्चर एण्ड एग्रोफरेस्टी इन नेपाल” परियोजना अन्तर्गत नेपालको कृषि क्षेत्रलाई मजबुत बनाउने र जलवायु प्रतिरोधात्मक क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सुरु गरेको हो ।

नेपालको कृषि क्षेत्रले जलवायु परिवर्तन र घट्दो उत्पादकत्वका कारण धेरै चुनौतीहरू सामना गरिरहेको छ । जलवायु परिवर्तनले अनियमित वर्षा, पानीको अभाव र चरम मौसमी प्रतिकुलता जस्ता समस्याले स्थितिलाई झनै गम्भीर बनाएको छ । यी चुनौतीहरूको समाधान गर्न यस परियोजनाले बगैंचा प्रणाली र कृषि वन प्रणालीलाई प्रवद्र्धन गर्दै उत्पादन वृद्धि र कृषकको आम्दानी बढाउने लक्ष्य लिएको छ । साथै प्रविधिक तालिमहरू, कृषकहरूलाई माटोको स्वास्थ्य सुधार, पानीको प्रभावकारी व्यवस्थापन र बालीको विविधिकरण गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

द कोका–कोला फाउण्डेशनका प्रेसिडेन्ट कार्लोस पागोआगाले परियोजनाबारे चर्चा गर्दै “द कोकाकोला फाउण्डेशनले सदैव दीर्घकालीन वातावरणीय र आर्थिक उन्नतिका परियोजनामा लगानी गर्दै आएको छ । नेपालको कृषि क्षेत्रलाई रूपान्तरण गर्न, कृषकहरूलाई जलवायु चुनौतीहरू सामना गर्न र आम्दानीका नयाँ अवसरहरू सिर्जना गर्न यो परियोजना एउटा महत्वपूर्ण कदम हुनेछ ।” भन्नुभयो ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले “यो पहलले नेपालको कृषि र वातावरणीय चुनौतीहरूको समाधानमा महत्वपूर्ण भूमिका खेल्नेछ भनी विश्वास लिनुभयो । पुनरुत्पादक वृक्षरोपण प्रविधि अपनाएर हामीले यस परियोजना मार्फत कृषकहरूको जीवनस्तर सुधार गर्नुका साथै भूमिको दिगोपना बढाउन र जलवायु परिवर्तनको सामना गर्न सहयोग पु¥याउने ।” कुरा समेत उहाँले व्यक्त गर्नुभयो ।

सहारा नेपालका चेयर पर्सन श्री भरत कुमार गिरीले पनि यस सहकार्य बारे बोल्दै “यस पहलमार्फत हामी कृषकहरूलाई दिगो कृषि अभ्यासहरूमा सशक्त बनाउँदैछौं, जसले उत्पादनशीलता वृद्धि गर्नुका साथै वातावरणीय संरक्षणमा पनि सहयोग पु¥याउने ।” कुरा उल्लेख गर्नुभयो ।

त्यस्तै वराहा क्लाइमेटएजी प्रा.लि. का प्रतिनिधि कौशल बिष्टले “कृषि वन प्रणाली र कार्बन क्रेडिट प्रणालीलाई एकीकृत गर्दै हामी यस्तो मोडेल सिर्जना गर्दैछौं जसले कृषकहरूलाई आर्थिक वृद्धिका साथसाथै जलवायु प्रतिरोधात्मक क्षमता निर्माणमा पनि सहयोग पु¥याउनेछ ।” भन्नुभयो ।

कार्यक्रममा सम्माननीय प्रतिनिधि सभा सभामुख देवराज घिमिरेज्यु, गृहमन्त्री रमेश लेखकज्यु, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीज्यु सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, वातावरणविद् र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij