
असार २५ गते नेपाल सरकार र स्विस सरकार sdc को सहकार्यमा सन्चालित इन्स्योर परियोजना र ग्रील तथा स्टील ब्यवसायी महासंघ मिलेर बिश्वब्यापी रुपमा फैलिको कोरोना भाइरस (कोभिड 19 ) संक्रमणको प्रकोपका कारण लकडाउनमा परिन बन्द सम्पुर्ण ग्रील उध्योगहरु पुन सन्चालनमा आउँदा संक्रमणको जोखिम चाहिँ बढ्दो अवस्थामा के-कस्ता सुरक्षाका उपायहरु अपनाएर श्रमिकहरुलाइ कोरोनाको संन्क्रमणबाट सुरक्षित गराउँदै काममा लगाउन सकिछ भन्ने बिषयमा देशब्यापी रुपमा सचेतना कार्यक्रम सन्चालन गर्ने समझदारी भएकाे थियाे ।
साेही अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा थप २ सहित ५ वटा रुपन्देही जिल्लामा १ र सुनसरी जिल्लामा १ गरि ७ वटा ग्रील उध्योगलाइ सुरक्षित र ब्यवस्थित कार्यस्थल सहितको नमुना ग्रील उध्योगको रुपमा स्तरोन्नति गर्ने योजना अनुसार कोभिड १९ बाट सुरक्षीत कार्यस्थलको तयारी र सन्चालनको न्यूनतम मापदण्ड सहित आवस्यक प्रबिधि पेडल हेण्डवास , पेडल सेनिटाइजर स्टाण्ड हेलमेट पन्जा थर्मल गन लगायतका सुरक्षाका उपकरणहरुको प्रयोग गर्ने विधि र आगामी दिनहरुमा उध्योगी कामदार र उपभोक्ताले अपनाउनु पर्ने अनुशासनको बारेमा काठमाडौको पेप्सिकोला खहरे चोकमा सन्चालित सुगम इन्जिनियरिङ एण्ड सर्भिसेज प्रा. लि.लाई नमुना उध्योगको रुपमा स्तरोन्नति गर्ने क्रममा ग्रील तथा स्टील ब्यवसायी नेपालका अध्यक्ष मोहन कटुवालले जानकारी गराउनु भएको थियो ।
अध्यक्ष कटुवालले ग्रील उध्योगिहरुलाइ आफ्नो उध्योग ब्यवस्थित र सुरक्षित बनाएर हाल कार्यरत श्रमिकहरुलाइ र विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाइ नेपालको ग्रील तथा स्टील उध्योगमा काम गर्न सुरक्षीत भएको अनुभूत दिलाउँदै श्रमिक अभाव कम गरी थप रोजगारी सृजना गर्न मद्धत पुग्ने विस्वास ब्यक्त गर्नुभएकाे छ ।
साथै यस विषम परिस्थितिमा सबैले ग्रील उध्योगी कर्माचारी र सर्वसाधारण जनताले भौतिक दुरि कायम लगायतका सुरक्षाका बिधिहरु अपनाएर बढ्दो कोरोनाको संक्रमणबाट बच्न र अरुलाइ बचाउन आग्रह गर्नुभएकाे थियाे।

उक्त कार्यक्रममा काठमाडौं जिल्लाका प्रथम उपाध्यक्ष अनिल कुमार श्रेष्ठले सामान्य सुरक्षाका उपकरण प्रयोग नगरी काम गर्दा अकालमा ज्यान जाने अङ्गभङ्ग हुने घटनाहरु दिनप्रतिदिन बढ्दै गएको हुँदा उध्योग र श्रमिकहरुले सचेत भएर सुरक्षित किसिमले काम गर्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।

कार्यक्रममा काठमाडौ पुर्बी क्षेत्रीय समितिका अध्यक्ष रोहित श्रेष्ठले यस किसिमको सचेतना कार्यक्रमले उध्योगी र श्रमिकले आफुलाइ सुरक्षित भएको महसुस भइ उत्पादकत्व र क्ष्ममतामा वृद्धि हुने बताउँदै सबै उध्योगिहरुलाइ प्रोत्साहित गर्न पुर्बी क्षेत्रीय समितिले काम गर्ने बताउनुभएकाे छ ।
कार्यक्रममा केन्द्रीय सदस्य मोहन श्रेष्ठले सन्चलान गरेको कार्तक्रममा ३५ इकाइ समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ लगायत इन्स्योर परियोजनाका क्षमता अभिबृद्धि बिशेषज्ञ केशब भन्डारीले ग्रील उध्योग र श्रमिकको प्रबर्द्धन र जनसरोकारको बिषयमा ग्रील महासघ नेपालसँग सदैव सहकार्य गर्दै अगाडि बढ्न इन्स्योर परियोजा तयार रहेको बताउनुभएको थियो भने सुगम इन्जिनियरिङका पुस्पराज भट्टराईले उध्योगलाई ब्यवस्थित र सुरक्षित राख्ने कार्यलाइ निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे थियाे ।