२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेपाल वितरक संघकाे समन्वयमा रक्तदान सम्पन्न

नेपाल वितरक संघकाे समन्वयमा रक्तदान सम्पन्न

अहिले कोरना भाईरस (कोभिड-19)को महामारीले विश्व मानव समुदायनै त्रासदीपूर्ण अवस्थामा दैनिक जनजिवन गुज्ररीरहेकोे बिषम परिस्थितिको बिच  गुज्रिइरहेकाे छ ।
 नेपाल सरकारले लागु गरेको लकडाऊनको नियमलाई पुर्णरुपमा परिपालन गरिरहँदा काठमाडाैंका अस्पतालहरूमा रगतकाे निकै अभाव समेत देखिएकाे छ ।
 प्राकृतिक रोग, आकस्मिक दुर्घटना र विपत्ति जस्ता कारणले हुने चोटपटकमा बिरामीलाई रगतको अभाव रहेकाे परिस्थितिलाइ विचार गर्दै रक्त संकलनमा केही सहयाेग पुग्ने मान्यता सहित अाज  रक्तदान कार्यक्रम अायाेजना गरियाे ।
 मध्यपुर थिमी नगरपालिका १ नं• वडा कार्यालय तथा नेपाल वितरक सघंको समन्वयमा रक्तदान  सम्पन्न भएको हाे ।
“रक्तदान-कर्यक्रममा” सहभागी भई “रक्तदान जीवनदान” भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमका संयाेेजक (भक्तपुर क्षेत्रीयसमितिका संयोजक गणेश तिमल्सिनाज्यु तथा उपसंयोजक रमेश प्रजापति) सहित आ-आफ्नो तवरबाट रक्तदान कार्यक्रमलाइ सहयाेग गर्नुहुने सम्पूर्ण व्यक्ति एवं सराेकारवालाहरूमा नेपाल वितरक संघ केन्द्रीय कार्यसमितिले हार्दिक कृतज्ञता प्रकट गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij