२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रदेश सरकारलाई एनएमबि बैंकले पीपीई वितरण

प्रदेश सरकारलाई एनएमबि बैंकले पीपीई वितरण

जनकपुरधाम-प्रदेश सरकारलाई एनएमबि बैंकले पीपीई दिएर उपलब्ध गराएको छ।

विश्वभर कोरोना भाइरस (कोभिड-१९) महामारीको रुपमा फैलिएपछि संक्रमित तथा आशंकित ब्यक्तिको उपचारमा खटने डाक्टरका लागि एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण गरेको छ।

सबैभन्दा बढी आवश्यकता रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले मंगलबार विहान मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन्।

हस्तान्रणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितको उपस्थिति रहेको थियो।

एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पीपीई, जुत्ता, मास्क, सेनिटाइजर सहितको एक सय सेट रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij