२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै

श्रीपेच प्रर्दशनीको मिति सरेको सर्यै

श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्ने  प्रकृया थालनी शुरु भएकाे छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आह्वान गरेको छ ।

२०६९ सालमा करिब १ करोड ५० लाख रुपियाँमा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई मर्मत गर्न टेण्डर आह्वान गरिएको हो । समितिले शनिबार २८ लाख ७५ हजार रुपिया बराबरको सुरक्षा प्रणाली मर्मत गर्न टेण्डर आब्हान गरेको हो । सकभर असोज नभए कातिक मसान्तभित्र श्रीपेच लगायतका सामाग्री राख्न मिल्नेगरी सुरक्षा यन्त्रहरु मर्मत गर्न लागिएको हो–समितिका संयोजक दाहालले भन्नुभयो ।
सुरक्षा प्रणाली मजबुत भएपछि श्रीपेच राख्ने प्रकृया अघि बढाइने भएको छ ।

नेपाली सेनाको कडा सुरक्षाभित्र श्रीपेच सहित राजदण्ड, दुई वटा मेस, ढाल, तरवार, रानीले लगाउने मुकुट(टायरा), एउटा झारी, र दुई वटा चमर राख्न मिल्नेगरी बुलेटप्रुफ सोकेश तयारी भैसकेको छ ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij