भारतलाई नेपालले दियो १७३ रनको लक्ष्य
काठमाडौं। श्रीलंकामा जारी एसीसी यु–१९ एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई १७३ रनको विजयलक्ष्य दिएको छ ।
शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनायो ।
नेपालका लागि रोहितकुमार पौडेलले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए । त्यसअतिरिक्त दिपेन्द्रसिंह ऐरीले ३४, आसिफ शेखले १८ र प्रकाश केसीले १३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि राहुल चहरले १० ओभरमा २७ रन खर्चिएर पाँच विकेट लिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij