यति वेला देशको ग्रामिण मध्य पहाडी क्षेत्रहरुमा उत्पादित बस्तुले बजार पाउन सकेका छैनन् । जसको कारणले उक्त चिजविजको बजरीकरणको लागि प्रत्येक ठाउँमा सामुदायिक भवन निर्माण गर्नुपर्छ र त्यस क्षेत्रमा उत्पादित तरकारी, फलफूल, अन्न र जडिबुटीजन्य वस्तुहरुलाई बजारीकरण गरी किसानलाई पनि धनी बनाउने र त्यो ठाउँमा उत्पादित वस्तुहरुको पनि महत्व बढाउँदै लैजानुपर्छ । जनमानसमा पनि अर्गानिक खाद्य वस्तुहरुको खानपानमा रुचि बढाउँदै र सबै नागरिकलाई सूचना प्रभाव गर्दै लगे हामी नेपालीको लागि आर्थिक समृद्धि यसैबाट हुनेछ ।
शहरी क्षेत्रमा आउने हरेक वस्तुहरुको महँगी बढ्दै जानु र ग्रामिण क्षेत्रमा उत्पादित वस्तुको बजार नपाउनुले असन्तुलन बढाएको अवस्था छ । आफू स्वस्थ रहन र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न अब हामीले अर्गानिक चिजहरु खाने बानी बसाल्नुपर्छ र आफ्नो देशमा भएको पैसा विदेशीलाई पठाउने काम बन्द गर्नुपर्छ ।
राज्यको बजेट उत्पादन क्षेत्रमा विनियोजन हुन नसकेको कारणले नै देशको आर्थिक अवस्था डामाडोल हुँदै गएको हो । यही कारणले नै युवाहरु विदेशिनु परिरहेको छ । राज्यले स्वदेशी वस्तु सदुपयोग गरी जनता सम्म प्रयोग गर्न र गराउनका लागि लगानीको वातावरण बनाउनुपर्छ र प्रयोगकर्तालाई स्वदेशी वस्तु नै प्रयोग गरी रम्न रमाउनको लागि राज्यले प्रोत्साहित गर्नुपर्छ ।
जुन ठाउँको व्यक्ति हो त्यही ठाउँमा उसलाई योग्यता र क्षमताको आधारमा रोजगारी सृजना गर्नसके र त्यस ठाउँमा उत्पादित वस्तुको बजारीकरण गर्न सके मात्र एक हदसम्म देशलाई टेवा पुग्न सक्छ ।
देशको राजनीति स्थिर नहुनुले देशको विकास नभएको हो । राज्य गरिब र नागरिक धनी बनाउने गरी हाम्रा ऐन कानून जुन बनेका छन् र सम्पूर्ण सरकारी निकायहरु नै भ्रष्ट हुँदै गएका छन् । त्यसलाई सुधार्दै लैजानुपर्छ ।
(धमला नेपाल नेशनल पार्किट एण्ड डेकोरेटर्सका प्रबन्ध निर्देशक हुन्)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij