२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

उद्धार गरिएको पाटेबाघलाई शुक्लाफाँटा निकुञ्जमा पुनःस्थापना

उद्धार गरिएको पाटेबाघलाई शुक्लाफाँटा निकुञ्जमा पुनःस्थापना

कञ्चनपुर, १९ चैत: कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको एक बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुनःस्थापना गरिएको छ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया अर्थात् सुरक्षित प्राकृतिक बासस्थानमा छोडिएको हो। आइतबार गहुँबारीमा फेला परेको उक्त बाघलाई सुरक्षित रूपमा उद्धार गरी स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि बाघ पूर्ण रूपमा स्वस्थ रहेको पुष्टि भएपछि त्यसलाई प्राकृतिक वासस्थानमा फर्काइएको हो।

बाघको व्यवस्थापनबारे डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायबीच छलफल गरिएको थियो। छलफलपछि बाघलाई निकुञ्जमै छोड्ने निर्णय गरिएको प्रमुख ठाकुरले जानकारी दिनुभयो।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij