२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

६.२५ देखि ६.५ अमेरिकी सेन्टमा बंगलादेशमा विद्युत् निर्यात हुँदै

६.२५ देखि ६.५ अमेरिकी सेन्टमा बंगलादेशमा विद्युत् निर्यात हुँदै

काठमाडौं । नेपालले निर्यात गर्ने विद्युत्को विक्री दरमा नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच समझदारी भएकाे छ ।

हालै विश्वबैंकको एक कार्यक्रमका क्रममा सिंगापुरमा दुई देशका ऊर्जा सचिवहरुको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बीपीडीबीका अध्यक्ष महबुबुर रहमानबीच विद्युतको दरबारे सहमति भएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।

नेपालले बंगलादेशलाई पहिलो चरणमा ४० मेगावाट विद्युत् निर्यातको तयारी गरिरहेको छ । त्यही विद्युत् निर्यातको दर तय गर्न दुई देशका अधिकारीहरुबीच वार्ता चलिरहेको छ ।

प्राधिकरण र बोर्डबीच अमेरिकी डलरमा विद्युत् खरिद-विक्रीको सम्झौता हुनेछ । तर, प्रतियुनिट ८ देखि ९ रुपैयाँको बीचमा विक्री दर रहनेगरी समझदारी भएको बुझिएकाे छ ।

नेपाल विद्युत् प्राधिकरण स्रोतले भने प्रतियुनिट ६.२५ सेन्टदेखि ६.५० सेन्टसम्मको बीचमा विक्री दर हुने समझदारी भएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij