बिहीबार सोलुखुम्बु, दोलखा, बझाङ र दार्चुला जिल्लामा समेत कोरोनाभाइरस संक्रमित फेला परेसँगै कूल ५१ जिल्लामा संक्रमण फैलियो हो ।
यी जिल्लाबाहेक हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर, दाङ, काभ्रे, सिरहा, सिन्धुपाल्चोक, मोरङ, धनकुटा, गुल्मी, खोटाङ, दैलेख, सुनसरी, ललितपुर, लमजुङ, रामेछाप, सिन्धुली, बैतडी, डडेलधुरा, सुर्खेत, नुवाकोट, अछाम, अर्घाखाँची, जुम्ला, स्याङ्जा र रुकुम पूर्वमा कोरोना संक्रमित पुष्टि भएका छन् । बिहीबारको अध्यावधिक विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १०४४ पुगेको छ ।
अध्यावधिक विवरणअनुसारविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सप्तरी जिल्लाको भएको देवकोटाले जानकारी दिए । उनीहरु ३२ र ४७ वर्षीय पुरुष हुन् ।
यसैगरी कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २५ जनामा पोजेटिभ देखिएको छ । उनीहरु सबै झापा जिल्लाका भएको र १६ देखि ४२ वर्ष उमेरसम्मका रहेको देवकोटाले बताए ।
यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका नवलपुर जिल्लाका १९ वर्षीय पुरुष हुन् ।
यसैगरी काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणणमा ७७ जनामा पोजेटिभ रिपोर्ट आएको छ ।
जसमा धनुषाका २९ जना रहेका छन् । उनीहरु २ बालबालिका, २ महिलासहित २५ जना पुरुष हुन् । त्यसैगरी महोत्तरीमा १७ जना संक्रमित थपिएका छन् । एक महिला र पुरुष १६ जना रहेका छन् भने उनीहरु १५ देखि ४५ वर्ष उमेरसम्मका रहेका छन् । यसैगरी रौतहटका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १२ देखि ३० वर्षसम्मका पुरुष रहेका छन् ।
त्यसैगरी सप्तरीका १२ जना नयाँ संक्रमित रहेका छन् । जो १८ देखि ४२ वर्षसम्मका पुरुषहरु रहेको देवकोटाले बताए ।
त्यसैगरी सर्लाहीका ७ जना १७ देखि २१ वर्षसम्मका पुरुषहरु रहेका छन् भने सिरहाका १४ देखि ४० वर्षसम्मका ६ जना रहेका छन् ।
यसैगरी दोलखामा पनि २ जना कोरोना संक्रमित भेटिएका छन् । भेटिएकाहरु १९ र २० वर्षीय पुरुष रहेका छन् । दोलखामा पहिलो पटक संक्रमण देखिएको हो । यस्तै सोलुखुम्बुका २६ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बझाङका ५५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बझाङ र दार्चुलामा पहिलो पटक संक्रमित भेटिएका हुन् ।
यसैगरी सुर्खेतमा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमा ११ देखि ३७ वर्षसम्मका रहेका छन् । त्यसैगरी दैलेखका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ देखि ४० वर्ष उमेरका रहेका छन् जसमा एक महिला र बाँकी पुरुष छन् ।
गण्डकी प्रदेशमा गरिएको परीक्षणमा तीन जनाको पोजेटिभ आएको छ । उनीहरु सबै स्याङ्जाका हुन् ।
सेती अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ जनाको पोजेटिभ देखिएको छ । उनीहरु दार्चुलाका २५ वर्षीय पुरुष, कैलालीका २ जना २५ र ३० वर्षीय पुरुष छन् । दार्चुलमा पहिलो पटक संक्रमण देखिएको हो ।
त्यसैगरी कीटजन्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका १ जनामा पोजेटिभ देखिएको छ । उनी ५० वर्षीय पुरुष हुन् ।
त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिँदा उनीहरुमध्ये ३ जना बर्दियाका र १ जना बाँकेका रहेका छन् ।
यसैगरी धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ देखिएको छ। उनीहरु सबै रौतहटका हुन् । देशका विभिन्न अस्पतालमा ८ सय ५० जना संक्रमित आइसोलेसनम उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा ९९, प्रदेश नम्बर २ मा ३ सय १३, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १५, प्रदेश नम्बर ५ मा ३ सय २९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
बिहीबारसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडिटी विधिबाट १ लाख २ हजार ३४ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय १९ र आरडिटी विधिबाट १ हजार ७ सय ४७ जनाको नमुना परीक्षण भएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij