बलिउडकी ब्यस्त र सुन्दर अभिनेत्री कट्रिना कैफ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछिन् ।
लण्डनमा रहेका आफ्ना नातेदार तथा साथीहरुसँग जन्म दिन मनाउँदै गरेकी कट्रिना भन्छिन् ‘मलाई आफ्नो जन्मदिन सवैभन्दा कम तनावपूर्ण दिन लाग्छ कारण म यो दिनमा मस्ती र आराम गर्ने समय पाउँछु । अचेल म आफ्नो पुरापुर जिवन जिउन सिक्दैछु र ब्यवहारीक बन्दैछु ।’
पछिल्लो समय नायक रणवीर कपुरसँग रिलेसनशिपमा रहेकी ब्रेक अपपछि सिंगल रहेकी छिन् । हाल उनी शाहरुख खानको फिल्म जिरो तथा ठग्स् अफ हिन्दुस्तानमा व्यस्त छिन् ।
जिरोको सुटिङबाट केही दिनका लागी विदा लिएर उनी परिवारसँग जन्मदिन मनाउन लण्डन पुगेकी हुन् । उनी मङ्गलबार मुम्बइ फर्किने भारतीय मिडियामा उल्लेख छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij