वास्तविक चमत्कार तब हुन्छ, जब हामी जुन चिज पाउन चाहिरहेका छौं, त्यो चिज हामीसँग अहिले नै उपलब्ध रहेको, त्यो चिज हाम्रै वरीपरी रहेको र अदृष्य स्वरुपमा भएकोे हुँदा हामीले भौतिक रुपमा देख्न नसकेकोमा हामी आफूलाई पूर्ण रुपमा विश्वस्त बनाउन सक्छौं ।
हाम्रो जीवनका प्रत्येक दिन अलग्गै छन् । प्रत्येक दिनले हामीलाई केही न केही नयाँ ज्ञान र अनुभव हामीलाई सिकाइरहेका हुन्छन् । प्रत्येक दिन हाम्रो जीवनका आशा बनेर हामीलाई प्राप्त हुन्छन् । हामी ती दिनहरुलाई उपहार ठानेर साँच्ची आफूलाई कृतज्ञ बनाउँदै लैजान सक्यौं भने हामीले आफ्नो जीवनमा छोटो समयमा नै अकल्पनीय परिवर्तन महसुस गर्न सक्नेछौं ।
आज हामी हिजो अर्थात अघिल्ला दिनका राम्रा कुराहरु के के थिए भन्ने कुराको गणना गर्नेछौं । हामीले अघिल्लो दिन हामीलाई प्राप्त भएका कुराहरु हामी आफ्नो डायरीमा टिपोट पनि गर्न सक्छौं । त्यो राम्रो कुरा हो । आजबाट हामी डायरीमा नटिपी सिधै मष्तिष्कलाई प्रत्येक दिनका राम्रा कुराहरु स्मरण गर्नको लागि निरन्तर अभ्यास गराउँदै लैजानेछौं ।
हामी जब आफूबाट भएका वा आफूलाई प्राप्त भएका राम्रा उपलब्धिहरुको गणनामा अभ्यस्त बन्दै जान्छौं, हाम्रो जीवनमा थप नयाँ र उत्कृष्ट अनुभवहरु हामीलाई नौलो उपहारको रुपमा उपलब्ध हुँदै जानेछन् । किनकि हामी राम्रा कुराहरु अझ बढी मात्रामा आफू तर्फ आकर्षित गर्नको लागि हामी आफूबाट भएका र आफूलाई प्राप्त हुँदै आएका राम्रा कुराहरु नै गणना गर्न र प्रत्येक राम्रा कुराहरुको लागि धन्यवाद र कृतज्ञता प्रकट गर्नुपर्ने भन्ने कुरा सिकिसकेका छौं । यस्तो अभ्यास कुनै न कुनै रुपमा दैनिक अपनाउँदै आइरहेका समेत छांै ।
समय अनुसार हाम्रा चाहनाहरु बदलिन सक्छन् । जब हामीमा एक पछि अर्को गर्दै नयाँ उपलब्धि हासिल हुँदै जान्छन्, त्यसपछि हामीमा आउने चाहनाहरु पनि नयाँ नै हुनेछन् । हामी आफूलाई ठूलो सोच्न र कल्पना गर्नको लागि योग्य बनाउँदै जान सक्नेछौं ।
आज सम्म हामी विगतका दुखद र खराब कुराको स्मरणले हामीमा एक पछि अर्को गर्दै थप समस्याहरु हाम्रो जीवनमा एक एक गरेर आइरहेका थिए भने पनि केही फरक पर्दैन । किनकि त्यो हामीले विगत ५–१० बर्ष पहिले देखिको आफ्ना खराब अनुभव, पृथक मूल्य, मान्यता, विश्वास र दृष्टिकोणको कारण हामीलाई प्राप्त भएका नतिजा थिए । अब हाम्रो जीवन बदलिने (यु–टर्न लिने) बेला भएको छ । किनकि हाम्रो जीवन कारण र परिणामको मान्यतामा चलेको हुन्छ । हामी हरेक दिन कृतज्ञ भावलाई जीवनको अंश बनाएर सकारात्मक घटना हाम्रो जीवनमा ल्याउनको लागि कारणहरु बदलिरहेका छौं । कारण बदलेपछि परिणाम बदलिनु स्वभाविक नियम हुन जान्छ ।
राम्रा कुरा स्मरणका लागि केही प्रश्नहरु
हाम्रो अघिल्लो दिन कसरी बित्यो, एक–एक गरेर ती घटनाहरु याद गरौं ।
जुन घटनाहरु हामीलाई राम्रो अनुभव दिएका छन्, ती सबैलाई सूक्ष्म रुपमा याद गर्ने प्रयत्न गरौं, जुन घटनाहरु घातक वा पीडादायक थिए, ती कुराहरुलाई बेवास्ता गरौं ।
यदि नराम्रा घटना बेवास्ता गर्न सकिँदैन र हामीलाई दुखः दिइरहने किसिमका छन् भने ती घटनाबाट हामीले आफ्नो जीवनलाई अघी बढाउने क्रममा सिक्न सक्ने महत्वपूर्ण ज्ञान के–के हुन सक्छन् भन्नेमा गहिरोसँग विचार गरौं ।
अघिल्लो दिनलाई बिहान, दिउँसो, साँझ र रातको समयमा विभाजन गरेर आफूबाट कुन समयमा के–के राम्रा कुराहरु भए ? को–को व्यक्तिसँग भेट भयो ? भेटमा भएका महत्वपूर्ण सल्लाह वा निर्णयहरु के थिए ? याद गरौं ।
म आफूले अघिल्लो दिनको प्रत्येक समयलाई उच्चतम उपलब्धिमूलक बनाउन सकेँ वा सकिन ? भन्ने लगायतका प्रश्नहरु आफैंलाई सोधौं ।
हुन सक्छ, आफूलाई कहीँबाट आकस्मिक लाभ प्राप्त भयो कि ?
नसोचेको व्यक्तिबाट विगतमा उठ्न नसकेको हिसाबकिताब प्राप्त पो भयो कि ?
लामो समय सम्पर्क हुन नसकेको व्यक्तिसँग भेटघाट वा फोनमा कुराकानी भयो कि ?
आफूलाई मन पर्ने कुनै राम्रो स्वस्थकर खाजा, खाना वा फलफूलको अवसर प्राप्त भयो कि ?
कोही कसैलाई सहयोग गर्ने अवसर प्राप्त भयो कि ?
कसैबाट कुनै किसिमको सहयोग प्राप्त भयो कि ?
कुनै राम्रो समाचार प्राप्त भयो कि ?
आफूबाट पूरा हुन नसकेको कुनै काम सम्पन्न भयो कि ?
नयाँ कामको अवसर प्राप्त भयो कि ?
कसैबाट कुनै किसिमको उपहार वा आशिर्वाद प्राप्त भयो कि ?
यसरी राम्रा कुराहरुको गणना त्यति बेला सम्म गरिरहौं, जब सम्म आफूलाई भित्रै देखि पूर्ण कृतज्ञ भाव विकास हुने स्थितिमा पु¥याउन र आफूमा नयाँ आशा जागृत गर्न सक्दैनौं ।
(याद गरौं, हाम्रो विगत थुप्रै राम्रानराम्रा अनुभवहरुले भरिपूर्ण छ । यसकारण यदि साँच्चै कृतज्ञता र प्रशन्नता भावको शक्ति जान्न चाहन्छौं भने हामी आफ्नै जीवनमा फर्कन सक्छौं । जीवनमा चिन्तित अवस्थामा रहँदा भोगेको कुनै एउटा समस्या स्मरण गरौं । त्यस समस्यालाई समाधान गर्ने क्रममा आफूले विगतमा लिएका निर्णय र त्यसबाट सृजित असर विचार गरौं । साथै त्यस्तै प्रकृतिको अर्को समस्या समाधानको लागि आफू आनन्दित अवस्थामा रहँदा त्यस समस्यालाई समाधान गर्ने क्रममा आफूले विगतमा लिएका निर्णय र त्यसबाट सृजित असर विचार गरौं । यी दुई स्थितिमा अवश्य पनि आफूबाट एकै किसिमको उपलब्धि हासिल नभएको आफैंलाई अनुभव हुन सक्छ ।)
भावी दिनहरुको लागि कृतज्ञता अभ्यास
आजबाट हामी प्रत्येक दिनका राम्रा घटनाहरु बेलुका सुत्नु भन्दा पहिले डायरीमा टिपोट गर्नेछौं । साथै भोलि बिहान ओछ्यानबाट उठ्ने बेलामा आज दिनभरका राम्रा घटनाहरु स्मरण गर्ने प्रयत्न गर्नेछौं । यसरी अभ्यास बढ्दै जाँदा हामी आफूलाई थप चेतनशिल बनाउँदै लैजानेछौं । हाम्रो चेतनाको स्तर वृद्धि हुँदै जाँदा हाम्रो जीवनका अनेकौं आयामहरुमा सकारात्मक बदलाव अवश्य आउँदै जानेछ ।
स्मरणीय कुरा
हामी जति धेरै आफूमा कृतज्ञता भाव विकास गर्न सक्छौं, आफूलाई त्यत्ति नै छिटो सकारात्मक बदलावको लागि तयार पारिरहेका हुनेछौं । यसकारण आफू कृतज्ञ रहेका वस्तु, व्यक्ति, परिस्थिति र घटना प्रति हृदय देखि नै कृतज्ञ रहने प्रयत्न ग¥यौं भने हाम्रो जीवन अवश्य पनि सकारात्मक दिशामा अघी बढिरहनेछ ।
यो पनि याद गरौं
हामी राम्रा कुराहरु याद गर्दा ती केवल ठूला र जीवनको लागि अत्यन्तै महत्वपूर्ण हुनुपर्छ भन्ने जरुरी छैन । राम्रा काम वा कुराहरु साना–ठूला जस्ता भएपनि हामी ती कुराहरु गणना गर्नमा आफूलाई अभ्यस्त बनाउँदै लग्यौं भने बाँकी दिनमा पनि हामीलाई त्यस्तै राम्रा कुराहरु नै उपहारको रुपमा मिल्दै जानेछन् । किनकि जब हामी सचेत रुपमा राम्रा कुरा गणनामा लागिरहेका हुन्छौं, त्यसबेला हामी आफ्नो ध्यान नराम्रो कुरामा जानबाट स्वतः रोकिरहेका समेत हुन्छौं । आफूमा हरेक समय नकारात्मक भाव विकास हुन नदिनमा सकारात्मक कुराहरुको खोजी गर्ने जस्तो सहज तरिका अन्य नहुन सक्छ ।
यस्तो कसरी हुन्छ ?
जब हामी आफूलाई सकारात्मक कुराहरुमा बानी पार्दै जान्छौं, तब ब्रह्माण्डीय शक्तिले हामी भित्रका सीमितताका भावनाहरुबाट हामीलाई अनन्त सम्भावना तर्फ डोहो¥याउँदै लैजान्छ । जसकारण हामीले त्यस्तै किसिमका वस्तु, परिस्थिति र घटनाहरुलाई आफ्नो वरपर घटित हुँदै गएको देख्दै जान सक्छौं ।
अन्त्यमा,
जब हामी सकारात्मक मनस्थितिमा हुन्छौं, तब हामीलाई समस्या पनि वास्तवमा समस्या जस्तो लाग्दैन । अनन्त सम्भावनाको अगाडि समस्याको आकार निकै सानो लाग्नेछ । किनकि प्रत्येक अवस्थामा केही न केही आशा र सम्भावना पनि जीवित हुन्छ भन्ने कुरा आफैंले अनुभव गर्न शुरु गर्छौं । घटना जे–जस्तो सुकै होस्, त्यसले पार्ने प्रभाव हामीले त्यस घटनालाई कसरी बुझेका र अर्थ लगाएका छौं । त्यसरी नै हामीले प्रतिक्रिया प्राप्त गर्दछौं । यसकारण दृष्टिकोण बदलाव जीवनलाई दाजुमय बनाउनको लागि पहिलो सर्त हुनेछ ।
आजको अभ्यास
– आज यस अघि कृतज्ञता प्रकटको लागि डायरीमा टिपोट गरेका सबै सकारात्मक बुँदाहरु एकपटक पढौं । ती सबै बुँदाहरुमा आफू ती चिजको लागि कृतज्ञ रहने कारण खोजेर खुसी साथ धन्यवाद भाव व्यक्त गरौं । त्यो सूचीमा आज कृतज्ञता प्रकट गर्न थप १० चिजहरु समावेश गरौं ।
– अघिल्लो दिन हामीलाई प्राप्त भएका हरेक राम्रा कुराहरु याद गरौं । ती सबै राम्रा कुराहरुलाई डायरीमा टिपोट गरौं
– प्रत्येक राम्रा कुराहरु प्रति हृदय देखि नै धन्यवाद भाव प्रकट गरौं । ती हरेकमा कृतज्ञ रहनुपर्ने कारण खोजी गरौं ।
– कुनै नराम्रो घटना भएको छ भने पनि त्यसले आफ्नो बाँकी जीवनमा धेरै ठूलो पाठ सिकाउने ठानेर कृतज्ञता व्यक्त गरौं । आफूलाई नराम्रो स्थितिमा पनि नराम्रो मानसिकतामा पुग्नबाट रोक्न साना भन्दा साना सकारात्मक पक्ष खोजी गरौं ।
– आजको दिनभरमा आफूलाई प्राप्त भएका हरेक राम्रा कुराहरु भोलि विहान उठ्ने समयमा याद गर्ने अभ्यासलाई आफ्नो बानीको रुपमा विकास गरौं । प्रत्येक सुखद कुरा प्रति कृतज्ञता प्रकट गरौं ।
– ओछ्यानमा सुत्नु भन्दा पहिले दोस्रो दिनको चमत्कारी पत्थर हातमा लिएर आजको दिन सुखद बनेकोमा खुसी व्यक्त गरौं । आजका दिनभरका हरेक सुखद यादहरु कम्तीमा १० ओटालाई सम्झेर खुसी र कृतज्ञ भाव सहित विश्राम लिउँ ।
हामीहरु सबैको आजको दिन शुभ रहोस् । साथै हरेक दिनहरु यसरी नै सुखद बन्दै जाउन् । हार्दिक कृतज्ञता सहित । धन्यवाद धन्यवाद ।। धन्यवाद ।।