२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

२४ घण्टादेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध

२४ घण्टादेखि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध

जनकपुरधाम, ४ वैशाखः बुधबार बिहान ढल्केबरस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएपछि धनुषा, महोत्तरी र सर्लाही जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रसारण लाइनमा सर्ट भई आगो लाग्दा सबस्टेसनका महत्त्वपूर्ण उपकरणहरू जलेर नष्ट भएका हुन्।

यस घटनापछि धनुषा जिल्लामा विद्युत् सेवा पूर्ण रूपमा बन्द छ भने महोत्तरी र सर्लाहीका केही क्षेत्रमा आंशिक रूपमा मात्र आपूर्ति भैरहेको छ।

२४ घण्टाभन्दा बढी समयदेखि बत्ति नआएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्। गर्मीमा पंखा र कूलर नचल्नु, इनार तथा धाराबाट मोटरमार्फत पानी तान्न नसक्नु, साथै अन्य विद्युतीय उपकरण प्रयोग गर्न नसक्नुले जनजीवन कष्टकर बनेको छ।

प्राधिकरणका अनुसार बुधबारदेखि नै मर्मत कार्य सुरु भइसकेको छ। सबस्टेसन शाखाका प्रमुख विनोद लोहनीका अनुसार आज बिहान १० बजेसम्म विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

संक्षेपमा: ढल्केबर सबस्टेसनमा भएको आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाहीमा बत्ती बन्द भएको छ, मर्मत कार्य जारी छ र आज बिहानभित्र सेवा बहाल हुने आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij