२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

२० करोड रुपैयाँसहित एकजना पक्राउ

२० करोड रुपैयाँसहित एकजना पक्राउ

काठमाडौँ, ५ चैत – प्रहरीले २० करोड रुपैयाँभन्दा बढी नगदसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले टोखा नगरपालिका–१, झोर क्षेत्रबाट गए राति ठूलो परिमाणको नगदसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो। कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिसँग विभिन्न देशका मुद्राहरू बरामद भएका छन्।

प्रहरीका अनुसार, ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायतका मुद्रा फेला पारिएको छ। यद्यपि, पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले हालसम्म खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij