२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ह्याप्पी इनर्जीको याेजनाः ४० मेगावाटको माथिल्लो संखुवाको काम ५ वर्षमा सम्पन्न गरिने

ह्याप्पी इनर्जीको याेजनाः ४० मेगावाटको माथिल्लो संखुवाको काम ५ वर्षमा सम्पन्न गरिने

 

काठमाडौं । ह्याप्पी इनर्जी प्रालिले ४० मेगावाटकाे माथिल्लो संखुवा खोला जलविद्युत आयोजनाकाे निर्माण ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । कम्पनीले संखुवासभामा पहिचान भएको आयोजना २०८५ जेठभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो ।

यो आयोजना संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर २ र ३ भएर बग्ने संखुवा खोलामा निर्माण हुनेछ । रन अफ रिभर प्रकृतिको आयोजनाको उत्पादन अनुमतिका लागि कम्पनीले विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले कम्पनीको नाममा अनुमतिपत्र जारी गर्न अन्तिम चरणकाे काम गरिरहेकाे छ । विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकुल असर गर्ने भएमा ३५ दिनभित्र राय सुझाव दिन आग्रह गरेको छ ।

आयोजनाबाट वार्षिक २३५.४० गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाको मुख्य सुरुङ ३६५० मिटर र डायमिटर ३.५ मिटर हुनेछ । आयोजनामा जर्मनीको प्रतिष्ठित कम्पनीमा निर्मित २ वटा पेल्टन टर्बाइन (२०–२० मेगावाट) जडान गरिने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत विद्युतगृहदेखि १९ किलोमिटर दूरीमा रहेको शीतलपाटी सबस्टेसनमा जोडिनेछ ।

यस आयोजनाको कुल लागत ७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) पनि गरीसकेको छ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा निर्माण हुने आयोजनाबाट २०८५ जेठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij