२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हुलास फिनभर्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने  

हुलास फिनभर्सले सर्वसाधारणमा आईपीओ जारी गर्ने  

 

काठमाडाैं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार १६ गते विशेष साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ । सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij