२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हामी किन सिकाउँदैछौं इन्टेरियर डिजाइनिङ ? (अशाेक महर्जन)

हामी किन सिकाउँदैछौं इन्टेरियर डिजाइनिङ ? (अशाेक महर्जन)

शिक्षा निरन्तरको प्रक्रिया हो । यसलाई अब प्रविधिसँग पनि जोडेर लैजानुपर्ने जरुरी छ । तथापि औपचारिकतामा बढी केन्द्रित रहेको अहिलेको शिक्षा प्रति विमति जनाउँदै महर्जन अबका दिनमा सीपमा आधारित जीवनका सम्पूर्ण पक्षहरुलाई समेट्न सक्ने औपचारिकताको दायरा भन्दा फराकिलो र जीवनका व्यावहारिक पाटाहरुलाई सजिलै सम्बोधन गर्न सक्ने शिक्षा हाम्रो आवश्यकता रहेको  अशाेक महर्जनको धारणा छ ।

 

पृष्ठभूमि

एकातिर नेपालमा शैक्षिक जनशक्तिहरुले राम्रो जागिर पाउन सकेका छैनन् । औपचारिक शिक्षामा राम्रो अङ्क÷ग्रेड हासिल गरेर पनि त्यसबाट व्यावहारिक जीवनलाई अपेक्षाकृत सफल बनाउन नसक्ने नेपालीहरुको सङ्ख्या अधिक छ । अर्कोतिर यही देशमा छोटो अवधिका प्राविधिक सीप सिकेका थुप्रै व्यक्तिहरुले पनि आफ्नो जीवनलाई नयाँ रफ्तारमा अघी बढाएका मात्रै छैनन्, अन्य व्यक्तिको लागि प्रेरणाको माध्यम समेत बन्दै आएका छन् । आखिर यति धेरै अन्तर के कुराले पार्दै आएको छ त ?
के यी कुराहरु पनि महत्वपूर्ण छैनन् ?

–  व्यावहारिक ज्ञान
–  इच्छाशक्ति
–  असफलताबाट सिक्ने प्रयत्न
………………………………………………………………………………………………………….

प्रशिक्षण छोटो अवधिको हुँदाहुँदै पनि ‘स्ट्रक्चरल वे’मा डिजाइन गरिएको कार्यक्रम लिने व्यक्तिहरु मध्ये अधिकांश कुनै न कुनै पेशा, व्यवसाय, जागिर वा स्वरोजगारमा आफैं जोडिँदै आउनुमा उनीहरुको इच्छाशक्ति र उतारचढाव एवं व्यावहारिक अनुभवबाट सिक्ने प्रयत्न लगायतका कुराहरु महत्वपूर्ण रहँदै आएको पाइएको छ ।
विगतमा व्यवसाय सञ्चालनको लागि लगानी अनिवार्य सर्त रहँदै आएकोमा अहिले यो धारणामा परिवर्तन आउँदै गएको छ । अहिले स्किल र कन्सेप्टमा टेकेर व्यवसायमा होमिनेहरुको सङ्ख्या पनि उल्लेख्य बढ्दो छ ।

अपस्किलको अवधारणाः
नेपालका थुप्रै व्यक्तिहरुले आफ्नो लागि सही मार्ग पहिचान गर्न सकेका छैनन् । सही गञ्तव्य पहिचान गर्न नसक्दा जीवनयात्रा नै अधिकांशको लागि सही ट्रयाकमा अघी बढ्न सकेको छैन ।

यस्तो स्थितिलाई विचार गरेर नेपालमा रहेका युवाहरुलाई आशा देखाउने र सही गञ्तव्यमा अघी बढाउने योजना बमोजिम आफूहरुले अपस्किल एकेडेमी सञ्चालनमा ल्याएको एकेडेमीका सञ्चालकहरु दाबी गर्छन् ।

यस संस्थाले के गर्छ ?
मुलुकमा उत्पादकत्व विकासको लागि उद्यमशिलतालाई प्रवद्र्धन गर्नु जरुरी रहन्छ । उद्यमशिलता विकासको लागि व्यक्तिमा सीप र उज्ज्वल भविष्यको लागि सपना हुनुपर्छ । सोही कुरालाई मध्यनजर गर्दै सही मार्ग पहिचान गर्न नसकेका र नेपालमा नै रहेर आफ्नो र अरुको जीवनमा केही भ्यालु एड गर्न चाहने व्यक्तिहरुलाई सीपमूलक काममा संलग्न गराउने उद्धेश्यले अपस्किल्स एकेडेमी स्थापना गरिएको हो । हाल यस संस्थाले इन्टेरियर सँग सम्बन्धित विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । जसबाट एक अदक्ष व्यक्तिलाई दक्ष बनाई उद्योगसँग जोड्नमा सहयोग पुग्न सकोस् ।

 

प्राविधिक क्षेत्र किन रोज्यौं ?
‘नेपालको परिप्रेक्ष्यमा प्राविधिक जनशक्तिले प्राप्त गर्ने पारिश्रमिक साधारण व्यक्तिको तुलनामा अत्याधिक बढी छ । प्राविधिक सीपयुक्त जनशक्तिको बजारमा माग बढ्दो क्रममा नै रहेको छ ।

इन्टेरियरको भावी सम्भावना
प्राविधिक सीप अन्तरगत पर्ने इन्टेरियर क्षेत्रको अवस्था पनि नेपालमा राम्रो नै रहेको छ । पछिल्ला दिनहरुमा घर, अफिस, होटल, रिसोर्ट एवं हस्पिटालिटी लगायतमा सजावटको क्रेज बढ्दो छ । जसले गर्दा नेपाली बजारमा इन्टेरियर क्षेत्रको बजार सम्भावना समेत निकै राम्रो बन्दै गएको परिप्रेक्ष्यमा बजारको आवश्यकता परिपुर्ति गर्न आफूहरुको योगदान महत्वपूर्ण रहन सकोस् भन्ने मान्यताले प्राविधिक क्षेत्र अन्तरगत इन्टेरियर प्रशिक्षण केन्द्र सञ्चालनको मानसिकतामा पुगेकोे सञ्चालक अशोक महर्जनले बताए ।

 

व्यक्तिमा किन चाहिन्छ प्राविधिक सीप ?
प्राविधिक सीप हासिल गरेको व्यक्ति बेरोजगार बस्नु नपर्ने, हातमा सीप भएको खण्डमा अवसर सजिलै प्राप्त गर्न सकिने र विदेशमा समेत सीपयुक्त जनशक्तिको माग बढ्दै गएको परिस्थिति छ । सोही उद्देश्यबाट प्रेरित भएर नै इन्टेरियर क्षेत्रको ज्ञान र अनुभव हासिल गरेका एवं उद्यमशिल सोचका केही व्यक्तिहरु मिलेर अपस्किल सञ्चालनमा ल्याइएको हो महर्जनको धारणा छ ।

 

किन सिक्ने छोटो अवधिको इन्टेरियर कोर्ष ?
औपचारिक शिक्षामा इन्टेरियर सम्बन्धी स्नातक तहको (डिप्लोमा) कार्यक्रम अध्ययन हुँदै आएको छ । तथापि उत्पादित जनशक्तिको तुलनामा एकातिर बजारको मागलाई औपचारिक शैक्षिक कार्यक्रमले समेट्न नसकेको अवस्था छ । अर्कोतिर ५ बर्ष लामो समय अध्ययनको लागि सबैलाई अनुकुलता समेत मिल्न नसक्ने अवस्था पनि रहन्छ । विभिन्न बाध्यताको कारण अध्ययनको लागि लामो समय छुट्याउन नसक्ने व्यक्तिहरुलाई लक्षित गरेर अपस्किलले ६ महिना र १ बर्षका इन्टेरियर सम्बन्धी प्रशिक्षणहरु सञ्चालन गरेको छ ।

केही बर्षको समय बच्ने दावी
कम्पनीका सञ्चालन मध्येका एक जना अशोक महर्जन भन्छन्, ‘हामीले केही नयाँपनको प्रयत्न अवश्य गरेका छौं र गर्ने जमर्कोमा छौं, जुन सीप ५ बर्ष अध्ययन गरेर प्राप्त गर्न सकिन्छ, त्यही सीप यदि ६ महिना वा १ बर्षको अध्ययनबाट प्राप्त गर्न सकिन्छ भने के हामी अब यस तर्फ सोच्नु आवश्यक रहँदैन त ?’ औपचारिक रुपमा इन्टेरियर डिजाइनर समेत रहेका महर्जन आफूहरुले सञ्चालन गर्ने कार्यक्रमले प्रशिक्षार्थीको अध्ययनको क्रममा लाग्ने २–३ बर्ष समेत सजिलै बच्ने दावी गर्छन् ।

…Unleash your potential, build your career’  नारा सहित अघी बढेको यस कम्पनीले आफ्नो सोचाईको दायरालाई फराकिलो बनाएर सम्भावित नयाँ उचाईमा उठ्न सक्नुपर्नेमा जोड दिन्छ । यस संस्थाको बारेमा थप जानकारीको लागि
साथै अबको नयाँ जेनेरेसनले स्मार्ट कन्सेप्टलाई आत्मसात् गर्नुपर्ने सञ्चालक महर्जनको धारणा छ । सोही बमोजिम आफ्नो संस्थाका माध्यमबाट व्यक्तिमा इन्टेरियर उद्योगको लागि आवश्यक पर्ने सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञानलाई सन्तुलित रुपमा समायोजन गरी पाठ्यक्रम तयार पारिएको महर्जनको दावी छ ।

व्यक्तिलाई व्यावहारिक जीवनको लागि आवश्यक पर्ने सीप विकासमा हाम्रो शिक्षाले प्रयाप्त भूमिका खेल्न नसकेको अवस्थामा आफूहरुको प्रयत्न समाजलाई नयाँ दिशातर्फ डोहोर्याउनमा केन्द्रित रहने उनले बताए ।

 

कस्तो हुनुपर्थ्र्यो औपचारिक शिक्षा ?
महर्जनका अनुसार शिक्षा निरन्तरको प्रक्रिया हो । यसलाई अब प्रविधिसँग पनि जोडेर लैजानुपर्ने जरुरी छ । तथापि औपचारिकतामा बढी केन्द्रित रहेको अहिलेको शिक्षा प्रति विमति जनाउँदै महर्जन अबका दिनमा सीपमा आधारित जीवनका सम्पूर्ण पक्षहरुलाई समेट्न सक्ने औपचारिकताको दायरा भन्दा फराकिलो र जीवनका व्यावहारिक पाटाहरुलाई सजिलै सम्बोधन गर्न सक्ने शिक्षा हाम्रो आवश्यकता रहेको उनको धारणा छ ।

हरेक व्यक्ति भित्र अथाह सम्भावना रहने तर अधिकांशले आफू भित्र रहेको सम्भावनालाई महसुस गर्न नसकेको कारण साधारण उपलब्धिमा नै रमाउनुपर्ने अवस्थाबाट व्यक्तिलाई माथि उठाउन सकियोस् भन्ने मान्यता सहित हरेक सरोकारवाला व्यक्ति एवं निकायले काम गर्न सकेको खण्डमा समग्र राष्ट्रको विकास अवस्थालाई नयाँ उचाईमा लैजान सकिने स्थिति रहन्छ । तथापि यसको लागि सबैभन्दा महत्वपूर्ण कदम व्यक्तिको सोच –माइण्डसेट) र संस्कार सहितको व्यावहारिक शिक्षा मुख्य केन्द्र (जरो)को रुपमा रहन्छ ।

 

अन्त्यमा,

– बदलिँदो परिवेशमा अधिकांश मानिससँग प्रयाप्त समय छैन । यस्तो अवस्थामा सिकाइलाई प्रविधिसँग समेत जोडेर अघी बढाउनुपर्ने जरुरी छ ।

– राज्यले पनि उद्यमशिलता विकासको लागि केही काम गर्नुपर्ने जरुरत अवश्य रहन्छ ।

– उद्यमशिलता विकासलाई राज्यले विशेष महत्व दिन सकेको खण्डमा न्यून लगानीमा पनि सीप सिकेका व्यक्तिहरु उद्यमशिल बन्न सक्ने अवस्था सृजना हुन सक्छ ।

– व्यक्तिको सीप र अनुभव नै वास्तविक सम्पत्ति हुने भएकोले अहिलेको समयमा नयाँ ज्ञान र सीप सिक्नको लागि हामी निरन्तर रुपमा अद्यावधिक भइरहनुपर्ने जरुरी छ ।

 

याे सामाग्री  ईन्टेरियर डिजाइनिङ समबन्धी काम गर्ने संस्था अपस्किल्स एकेडेमीका प्रशिक्षक अशाेक महर्जनसँगकाे कुराकानीमा तयार गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij