२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

हरेक बर्ष व्यावसायिक ईट्टा थप्ने काम गरेको छु: उद्यमी राजेन्द्र मल्ल

हरेक बर्ष व्यावसायिक ईट्टा थप्ने काम गरेको छु: उद्यमी राजेन्द्र मल्ल

पहिले सिष्टम निर्माण गरेँ, अहिले सिष्टमले काम गरिरहेको छ

राजेन्द्र मल्ल, निवर्तमान अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

म वि.सं २०४५ देखि व्यावसायिक क्षेत्रमा प्रत्यक्ष रुपमा संलग्न रहँदै आएको छु । मेरो व्यावसायिक यात्रा ट्रेडिङ व्यवसायबाट भएको हो । मैले ग्लोबल टेण्डर हुँदै आफ्ना व्यावसायिक गतिविधिहरु अघी बढाएको हुँ । म संलग्न अधिकांश व्यवसायहरु पब्लिक प्राइभेट पार्टनरशिप मोडलमा सञ्चालित छन् । यस मोडेलबाट सञ्चालन गरेको व्यवसाय बढी सफल हुन सक्छ भन्ने मान्यताले मैले विभिन्न क्षेत्रमा आफ्नो लगानी विविधिकरण गरेको हुँ ।

अहिले मेरो लगानीे मनाङ एयर, प्रभु इन्स्योरेन्स, कान्तिपुर ईन्जिनियरिङ कलेज, भक्तपुर ईट्टा टायल उद्योग लगायत क्षेत्रमा रहेको छ । यसैगरी मैले बुटिक होटल तथा रिसोर्टहरुमा पनि लगानी गरेको छु । मुलुकको लागि अति आवश्यक खाद्य वस्तु उत्पादनको उद्देश्यले मैले ‘कृषि स्वावलम्बन कम्पनी’ पनि सञ्चालनमा ल्याएको छु ।

पारिवारिक पृष्ठभूमि

म काठमाडौंकै साँखुमा जन्मिएको हुँ । मेरो बुबा कृषि र व्यवसाय गरी २ क्षेत्रमा संलग्न हुनुहुन्थ्यो । यसकारण व्यवसायी बन्नको लागि म बुबाबाट स्वतः प्रेरित भएँ । १५–१६ बर्षको विद्यालय उमेर देखि नै आफैंले फरक प्रकृतिका व्यवसायमा संलग्न हुनुपर्छ भन्ने मलाई लाग्थ्यो । मेरो बुबाले पनि मलाई व्यवसायमा संलग्न भई काम गर्नको लागि नै प्रोत्साहित गर्नुहुन्थ्यो । किनकि मेरो बुबाले व्यवसायको महत्व बुझ्नुभएको थियो । मेरो बुबाको व्यवसायको दायरा अलि साँघुरो थियो । अन्तर्राष्ट्रिय बजार सम्म नै पहुँच बिस्तार हुने गरी व्यावसायिक क्षेत्रमा म आफैंले केही फरक कदम चालेको हुँ । किनकि मलाई फराकिलो सोच सहित काम गर्नुपर्छ भन्ने लाग्थ्यो । यसैकारण व्यवसायमा कसरी सफल हुन सकिन्छ भन्ने मान्यताले सानै उमेर देखि नै व्यवसायमा सफल बनेका र बन्दै गरेका व्यक्तिहरुको सङ्गत गर्न मैले बढी मन पराउँथेँ । उनीहरुबाट केही न केही सिक्ने मेरो प्रयत्न रहन्थ्यो । मेरो बुबाले भन्नुहुन्थ्यो, ‘जागिर खाएर घरमा श्रीमती पाल्न पनि गाह्रो हुन्छ, व्यवसाय गर्ने हो भने हात्ती पनि पाल्न सकिन्छ ।’

सिष्टम बनाउने काम गरेँ

मैले बुबाको भन्दा फरक तवरले व्यवसाय अँगालेँ । जसले गर्दा अहिले म आबद्ध रहेका सबैजसो व्यवसायमा म प्रत्यक्ष संलग्न हुनुपर्दैन । सबै व्यवसायहरु आफ्नै सिष्टममा चलेका छन् । यो सिष्टम यत्तिकै बनेको होइन । मैले ३५–३६ बर्ष लामो समय व्यावसायिक क्षेत्रमा नै रहेर बिताउने क्रममा बनेको हो । शुरुवाती दिनमा व्यावसायिक प्रणाली निर्माण गर्न त्यत्ति सजिलो हुँदैन । जब एकपटक सिष्टम बन्छ, त्यसपछि हामीले खासै मेहनत गर्नुपर्दैन । सिष्टमले आफैं काम गर्छ, हामीले समय–समयमा काम कहाँ के–कसरी चलिरहेको छ भनेर निरीक्षण मात्र गरे पुग्छ ।

मेरो बुबा कृषि र व्यवसाय गरी २ क्षेत्रमा संलग्न हुनुहुन्थ्यो । यसकारण व्यवसायी बन्नको लागि म बुबाबाट स्वतः प्रेरित भएँ । १५–१६ बर्षको विद्यालय उमेर देखि नै आफैंले फरक प्रकृतिका व्यवसायमा संलग्न हुनुपर्छ भन्ने मलाई लाग्थ्यो । मेरो बुबाले पनि मलाई व्यवसायमा संलग्न भई काम गर्नको लागि नै प्रोत्साहित गर्नुहुन्थ्यो । किनकि मेरो बुबाले व्यवसायको महत्व बुझ्नुभएको थियो । मेरो बुबाको व्यवसायको दायरा अलि साँघुरो थियो । अन्तर्राष्ट्रिय बजार सम्म नै पहुँच बिस्तार हुने गरी व्यावसायिक क्षेत्रमा म आफैंले केही फरक कदम चालेको हुँ ।

मेरो पहिलो व्यवसाय

म आफैंले सञ्चालन गरेको मेरो पहिलो व्यवसाय ग्रोसरी व्यवसाय हो । मैले एसएलसी परिक्षा दिएसँगै ग्रोसरी व्यवसाय सञ्चालन गरेको हुँ । त्यतिबेला म आफू पनि व्यवसायमा नयाँ थिएँ । साथै माथिल्लो तहको अध्ययन पनि गर्नुपथ्र्यो । जसले गर्दा मैले आफ्नो व्यवसायमा धेरै समय दिन सक्ने अवस्था पनि रहँदैनथ्यो । त्यस व्यवसायबाट म बाहिरिनुमा अर्को कारण पनि छ, ग्रोसरी व्यवसायमा उधारो पनि बढी चल्दो रहेछ । भर्खर नयाँ शुरुवात गरेको व्यक्तिको लागि नगदमा कारोबार हुन सकेन भने व्यवसाय चलाउन पनि निकै गाह्रो पर्छ । व्यवसाय गर्दा सधैं नाफा मात्र हुँदैन रहेछ भन्ने कुरा मैले सिकेँ । जे होस्, मेरो मष्तिष्कमा व्यवसाय सञ्चालनको फ्रेमवर्क बनाउनमा त्यस व्यवसायले पनि ठूलो सहयोग त पुग्यो नै । यससँगै मेरो मष्तिष्कमा व्यवसाय बारे निरन्तरजसो कुराहरु खेलिरहन थाले । म व्यवसाय सफलताका अरु तरिकाहरु के–के हुन सक्छन् भन्ने खोजीमा जुट्दै गएँ । मेरो व्यावसायिक शुरुवात ट्रेडिङ व्यवसायबाट भएको हो । तथापि मैले व्यवसायलाई अलि नजिकबाट बुझ्ने भएपछि म दिगो लगानीका उद्योग र कर्पोरेट क्षेत्रहरुमा केन्द्रित हुँदै गएको हुँ ।

व्यावसायिक सफलताको लागि कुनै निश्चित सूत्र वा विधिहरु छैनन् । सबै व्यक्ति एउटै तरिकाबाट सफल हुन सक्छ भन्ने हुँदैन । व्यक्तिको दृष्टिकोण, अनुभव, सङ्गत, रुचि लगायतले पनि हाम्रो सफलतामा प्रत्यक्ष भूमिका निर्वाह गरेका हुन्छन् ।

सफलताको सूत्र

व्यावसायिक सफलताको लागि कुनै निश्चित सूत्र वा विधिहरु छैनन् । सबै व्यक्ति एउटै तरिकाबाट सफल हुन सक्छ भन्ने हुँदैन । व्यक्तिको दृष्टिकोण, अनुभव, सङ्गत, रुचि लगायतले पनि हाम्रो सफलतामा प्रत्यक्ष भूमिका निर्वाह गरेका हुन्छन् ।

हामी सबैले सफल बन्नको लागि आफ्नै ‘ट्रायल र इरर’ र ‘आफ्नै अनुभव’बाट सिक्नुपर्छ । जहाँ थुप्रै सुखद एवं कष्टदायक क्षणहरु हामी आफैंले भोगेका हुन्छौं । यात्रामा निस्किएपछि मात्रै सबै कुरा आफैंले भोग्दै नयाँ गञ्तव्य पहिचान हुने हो । म पनि बिना ठक्कर र असफलता सफल बनेको पक्कै होइन । यद्यपि आफू भित्रबाट आशालाई मर्न दिनुभएन । कहिलेकाहीँ एउटा व्यवसायमा गरेको लगानीबाट अर्को क्षेत्रमा फड्को मार्नु (सिफ्ट हुनु)मा पनि कुनै कठिनाईले भूमिका खेलेको हुन सक्छ । तथापि सकारात्मक दृष्टिकोण सहित आफू कहिल्यै खालि नबस्ने र केही न केही गरिरहने स्वभावले नै सफल बनाउँदै लैजान्छ ।

म आबद्ध रहेका धेरैजसो व्यवसायहरु कर्पोरेट छन् । यी सबै कम्पनीहरुमा गरेर ४ सय भन्दा बढी कर्मचारीहरु रोजगाररत छन् । अहिले अर्थतन्त्रमा आएको मन्दीको कारण हामी पनि अलि शिथिल अवस्थामा छौं । व्यवसायमा कमी आएको छु । मुनाफा घटेको छ । कुनै व्यवसाय त नोक्सानमा पनि चलेका छन् । यसकारण हामी अहिले कठिन अवस्थामा छौं । विगतमा पनि यस्ता थुप्रै कठिन अनुभव हामीले अनुभव गरेका छौं । कहिलेकाहीँ आफ्नै गलत निर्णयको कारण अप्ठ्यारोमा पर्ने अवस्था आउन सक्छ । तैपनि धैर्यता र संयमता गुमाउनुहुँदैन । सफलता बिस्तारै प्राप्त हुँदै जान्छ ।

सफलता भनेको आफ्नो मेहनतबाट प्राप्त हुने उत्कृष्ट परिणाम वा पुरष्कार हो भन्ने मलाई लाग्छ । आर्थिक उपलब्धि प्राप्ति मात्रै सफलता मापनको आधार मान्नुहुँदैन । आफूले गरेको काममा आफूलाई आत्मसन्तुष्टि पनि मिल्यो र सेवाग्राहीहरु पनि सन्तुष्ट छन् भने त्यो सफलता दिगो हुन जान्छ ।

मेरो बुझाईमा सफलता

सफलता भनेको आफ्नो मेहनतबाट प्राप्त हुने उत्कृष्ट परिणाम वा पुरष्कार हो भन्ने मलाई लाग्छ । आर्थिक उपलब्धि प्राप्ति मात्रै सफलता मापनको आधार मान्नुहुँदैन । आफूले गरेको काममा आफूलाई आत्मसन्तुष्टि पनि मिल्यो र सेवाग्राहीहरु पनि सन्तुष्ट छन् भने त्यो सफलता दिगो हुन जान्छ ।

समृद्धिको लागि राज्यले लिनुपर्ने नीति

मुलुकको सुशासन र समृद्धिको लागि सरकारले ल्याउने नीतिहरु स्थिर किसिमका हुनुपर्छ । सरकार परिवर्तन भएपनि नीतिहरु लामो समय चल्न सक्ने गरी व्यवस्था गर्नुपर्छ । जसबाट मुलुकमा स्थिरता कायम हुन सक्छ । मुलुकको विकासको लागि राज्यका सबै राजनीतिक दलहरु निश्चित सङ्कल्प सहित अघी बढ्न सक्नुपर्छ । नेपालमा बनेका योजनाहरु त राम्रै किसिमका नै हुन्छन् । तथापि अधिकांश योजनाहरु कार्यान्वयनमा नै जान सक्दैनन् । राज्यले बनाउने योजनाहरु दीर्घकालको लागि सोचेर बनाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति र सरकारले ल्याउने बजेट बीच आपसमा तालमेल हुनुपर्छ । एकले अर्कोलाई सहयोग पुग्नुपर्छ । निजी क्षेत्रलाई पनि राज्यले साथमा लिएर निजी क्षेत्रको विश्वास जित्न सक्नुपर्छ ।

सरकारले कुनै नीति ल्याउँदा त्यस नीतिले मुलुकलाई कसरी लाभ पुग्न सक्छ ? त्यस नीतिमा ल्याएको परिवर्तनले अल्पकाल र दीर्घकालमा पार्ने प्रभाव के हुन सक्छन् भन्ने कुरा राम्रोसँग अध्ययन विष्लेषण गरेर मात्र नीतिहरु अगाडि ल्याउनुपर्छ । नियमनकारी निकायले कहिले नीति धेरै खुकुलो बनाउने, कहिले कसिलो बनाउने गर्दा पनि समस्या सृजना हुन सक्छ । अर्थतन्त्रलाई एउटै गतिमा अघी बढाउनको लागि हाम्रा छिमेकी मुलुकहरु चीन र भारत लगायतमा कस्ता नीतिहरु कार्यान्वयनमा ल्याइएको छ ? राज्यको कुन मुख्य नीतिको कारण ती देशहरुले राम्रो प्रगति गर्न सकेका हुन् ? भन्ने लगायत कुराहरुमा विचार गर्दै हामी पनि सोही बमोजिम अघी बढ्न सक्नुपर्छ ।

नीतिगत सुधारको आवश्यकता

हाम्रो मुलुकका अधिकांश ऐन नियमहरु अहिले पनि निकै पुराना छन् । समयानुकुल ऐन, नियम, कानुनहरुमा परिवर्तन गर्न नसक्दा हामी प्रक्रियागत झण्झटमा नै अल्झिईरहनुपर्ने अवस्था छ । सरकारी निकायहरु बीच नै आपसी समन्वय हुन नसक्दा हाम्रा गतिविधिहरु प्रभावकारी बन्न नसकेको अवस्था छ ।

हामी सबैको चाहना सुशासन र समृद्धि नै हो । यसकारण हामी सबैले आफ्नो क्षेत्रबाट जे सकिन्छ, त्यो योगदान अवश्य पुर्याउनुपर्छ । जब मुलुक समृद्ध बन्छ, त्यसपछि हामी सबै लाभान्वित हुन सक्छौं । यसकारण सहज रुपमा कम लागतमा नीतिगत प्रक्रियाहरु पूरा गर्न सकिने गरी राज्यले नीतिहरु बनाउनुपर्छ । युवाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्नको लागि पनि यो महत्वपूर्ण कदम हुन जान्छ । किनकि अहिलेका युवाहरु धेरै झण्झट सामना गर्न चाहँदैनन् । साथै नीतिगत सहजताबाट हामीले उत्पादनमा पनि वृद्धि ल्याउन सक्छौं । जब हाम्रो उत्पादनमा वृद्धि हुन जान्छ, त्यसपछि हामीले आफ्नो उत्पादनले स्वदेशी आवश्यकता परिपुर्ति गरेर विदेश निर्यात गर्न सक्ने अवस्था पनि सृजना हुन सक्छ ।

हामी सबैको चाहना सुशासन र समृद्धि नै हो । यसकारण हामी सबैले आफ्नो क्षेत्रबाट जे सकिन्छ, त्यो योगदान अवश्य पुर्याउनुपर्छ । जब मुलुक समृद्ध बन्छ, त्यसपछि हामी सबै लाभान्वित हुन सक्छौं । यसकारण सहज रुपमा कम लागतमा नीतिगत प्रक्रियाहरु पूरा गर्न सकिने गरी राज्यले नीतिहरु बनाउनुपर्छ । युवाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्नको लागि पनि यो महत्वपूर्ण कदम हुन जान्छ ।

मुलुकलाई समृद्ध बन्न सहयोग पुर्याउने क्षेत्रहरु

निर्यात

अब हामीले ठूलो फड्को मार्न सकिने किसिमले काम गर्नु जरुरी छ । नेपालमा राम्रो आर्थिक लाभ हासिल गर्न र हामीलाई बलियो बन्नको लागि निर्यात पनि एउटा क्षेत्र हो । यसकारण हामीले निर्यातजन्य उद्योगहरुलाई विशेष प्राथमिकताको साथ सुविधाहरु उपलब्ध गराउनु जरुरी छ । राज्यले नीतिगत रुपमा सहज व्यवस्था गर्ने हो भने हाम्रो निर्यातलाई केही बर्षको समयमा नै १० गुणा सम्म बढाउन सक्ने स्थिति रहन्छ । यसको लागि हामी निश्चित सङ्कल्प सहित अघी बढ्नुपर्यो । व्यवसायीहरुलाई केही सुविधाहरु दिनुपर्यो । निर्यातको लागि ब्राण्डिङ, प्रोसेसिङ, प्याकेजिङ, बजारीकरण लगायतमा पनि सरकारले सहजीकरण गर्नुपर्यो । किनकि अब हामी नवीनतम सोच सहित अघी बढ्नुपर्छ । मुलुकका थुप्रै नीतिगत व्यवस्थाहरु राम्रा छन् । केही नीतिहरुलाई सुधार गर्नसके धेरै लाभ लिन सकिने अवस्था छ ।

कृषि

अहिले हामीले नेपालमा कृषिजन्य वस्तुहरु आयातको लागि नै अर्बौंको रकम खर्च गर्दै आएका छौं । यदि कृषिलाई विशेष महत्व दिएर उत्पादनमा लाग्यौं भने हामीले कृषिजन्य वस्तु आयात गर्ने नभई स्वउत्पादनबाट चल्ने मुलुक बन्न सक्छौं । राज्यले कृषिको विकासको लागि भूमि बैंक भन्ने अवधारणा अघी सारेको थियो । अहिले सम्म यस अवधारणालाई व्यावहारिक रुपमा अघी बढाउनको लागि भने खासै केही प्रयाश गर्न सकेको देखिँदैन । समयमा नै आफ्ना वाचाहरु पूरा गर्ने काममा राज्यले पनि पहलकदमी अवश्य लिनुपर्छ ।

जलस्रोत

नेपालमा हामीले सरकारी निजी साझेदारी अवधारणाबाट ठूलो परिमाणमा जलविद्युत उत्पादन गर्न सक्छौं । साथै यहाँ उत्पादित विद्युतलाई भारत, बङ्गलादेश लगायतमा बिक्री गरेर समेत राम्रो लाभ लिन सक्छौं ।

जडिबुटी र सूचना प्रविधि

जडिबुटी क्षेत्र पनि नेपालले लाभ लिन सक्ने क्षेत्र राम्रो सम्भावना बोकेको क्षेत्र हो । यसैगरी सूचना प्रविधि क्षेत्रबाट पनि हामीले राम्रो लाभ लिन सक्छौं । नेपालमा आइटी तर्फ बार्षिक करिब ९ हजार जनशक्ति उत्पादन हुँदै आएको मानिन्छ । अघिल्लो बर्षको तथ्याङ्क अनुसार नेपालले करिब ७७ अर्ब बराबरको विदेशी आम्दानी आइटी क्षेत्रबाट प्राप्त गरेको देखिन्छ । यसकारण आइटी क्षेत्रको विकासको लागि पनि हामीले दीर्घकालिन (५–१० बर्षको) योजना बनाएर काम गर्नु जरुरी हुन्छ । भारतको बैंङ्लोरले जसरी आइटीबाट आफ्नो अवस्था माथि उठाउन सकेको छ, नेपालले पनि त्यसरी नै काम गर्नु जरुरी छ । त्यहाँबाट पनि केही त सिकौं न ।

पर्यटन

पर्यटन क्षेत्रबाट पनि हामीले नेपालमा राम्रो लाभ लिन सक्छौं । हाम्रो प्राकृतिक संरचना र भौतिक पूर्वाधारको अवस्था अनुसार अहिले नेपालमा भित्रने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सक्छौं । अहिले यहाँ थुप्रै स्तरीय होटलहरु निर्माण भइसकेका छन् । जहाँ ३०–४० लाख पर्यटकहरुलाई राम्रो तवरले राख्न सकिने अवस्था बनिसकेको छ । यसैगरी अब हामीले नेपालमा आएका पर्यटकहरुलाई लामो समय रहने वातावरण सृजना गर्नको लागि पनि काम गर्नु जरुरी छ ।

नेपालमा विकास आयोजनाहरुको लागि जग्गा प्राप्ति झण्झटिलो छ । हामीले उद्योग व्यवसायको विकासको लागि नीतिगत व्यवस्था सहज रुपमा हुने गरी काम अघी बढाउनुपर्छ ।

हामीले नेपालमा आएका पर्यटकहरुलाई अतिरिक्त संरचना तयार गरेर ती पर्यटकहरु अलि लामो समय घुमफिरको लागि अल्मलिन सक्ने गरी थप संरचनाहरु खडा गर्न सक्छौं र गर्नुपर्छ । नेपालको लागि पर्यटक आकर्षणको मुख्य माध्यम भनेका हाम्रा प्राकृतिक संरचना नै हुन् । तथापि हामीले थुप्रै कृत्रिम संरचना, सङ्ग्रहालय, वृत्तचित्र लगायत निर्माण गरेर पर्यटकहरु लामो समय यहाँ बस्न सक्ने व्यवस्था गर्न सक्छौं । हाम्रो खाना, संस्कार लगायतलाई पनि पर्यटकको ध्यान आकर्षित गर्ने माध्यमको रुपमा विकास गर्न सक्छौं । हाम्रो देशमा सगरमाथा, बुद्धभूमि लुम्बिनी, जानकी, पशुपतिनाथ, चाँगुनारायण लगायतका मन्दिरहरु, थुप्रै तालतलैया, पहाड लगायत पनि छन् । जुन विदेशी पर्यटकको लागि आकर्षक स्रोतहरु हुने गर्दछन् ।

नेपालमा भएका केही राम्रा प्रयत्नहरु

यसपटक नेपालबाट चीनमा १६ ओटा जडिबुटीहरु निर्यात गर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा यस्तो व्यवस्था गरिएको छ । यसैगरी नेपालबाट भारतमा विद्युत निर्यात हुने बाटो खुलेको छ ।

यी हाम्रो लागि राम्रा उपलब्धि हुन् । यसरी नै हामीले हामीसँग उपलब्ध प्राकृतिक स्रोतबाट नै प्रशस्त लाभ लिन सक्नुपर्छ । निर्माण तथा पूर्वाधारका आयोजना सम्पन्न नहुने गरी कनिका छरे जस्तै गरी बजेट छरेर मात्र हामीले लक्षित उपलब्धि हासिल गर्न सक्दैनौं । बरु प्राथमिकता तय गरेर एउटा पूर्वाधार निर्माण सम्पन्न गरेपश्चात् अर्कोमा संलग्न भयौं भने अवश्य पनि लाभ हासिल गर्न सक्छौं ।

प्रक्रियागत झण्झट कम गरौं

नेपालमा विकास आयोजनाहरुको लागि जग्गा प्राप्ति झण्झटिलो छ । हामीले उद्योग व्यवसायको विकासको लागि नीतिगत व्यवस्था सहज रुपमा हुने गरी काम अघी बढाउनुपर्छ । कामको प्रक्रिया छिटो टुङ्ग्याउन सकेको खण्डमा हाम्रो लागत कम पर्न जान्छ । जसबाट हामीले लाभ लिन सक्छौं ।

मेरो दैनिकी

म हरेक दिन विहान ५ बजे उठ्छु । सबैभन्दा पहिले १ लिटर तातोपानी पिउँछु । १ घण्टा योग, ध्यान, प्रणायाम नियमित रुपमा गर्दै आएको छु । त्यसपछि अदुवा, बेसार, कागती, धनिया र मरिचको धूलो राखेर उमालेको पानी पिउँछु । त्यसपछि म १ घण्टा मर्निङ वाक गर्छु । दैनिक रुपमा २ घण्टा आफ्नो स्वास्थ्यको लागि छुट्याउँछु । मैले समाचारका लागि अनलाईन लगायतका विभिन्न माध्यमहरु प्रयोग गरेर आफूलाई अद्यावधिक बनाइराख्छु ।

सामाजिक आबद्धता

म व्यावसायिक संस्थाको अलावा बज्रयोगिनी सेवा समिति (साँखु)मा पनि आबद्ध छु । पशुपति सेवा समाजमा म अध्यक्ष छु । जुन संस्थाबाट पशुपतिनाथको वनकाली क्षेत्रमा हामीले एउटा गणेश मन्दिर निर्माण गरेका छौं । भाग्योदय क्याम्पस, साँखुको म पूर्वअध्यक्ष हुँ । युसेप संस्थामा आजीवन सदस्य छु । यस संस्थाबाट हामीले बालबालिकाहरुको लागि हामी काम गर्छौं ।

  • मल्ल प्रभु इन्स्योरन्सका वर्तमान अध्यक्ष हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij