काठमाण्डौं । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले सम्बन्धित सरोकारबाला अस्पताल, स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापनमा कार्यरत श्रमीक ईकाइ प्रमूखहरुसंगको सहकार्य एवं संयोजक्त्वमा र Asia Monitor Resource Center (AMRC) को सहयोगमा व्यावसायजन्य सुरक्षा तथा स्वास्थ्य प्रवर्द्धनार्थ अति आवश्यकीय सेवा जस्तै स्वास्थ्य संस्थाजन्य फोहोर ब्यवस्थापन र सरसफाईमा कार्यरत अग्रपंक्तिका श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षाकवच ललितपुर स्थित किष्ट टिचिङ अस्पताल र पाटन अस्पताल अस्पतालमा हस्तरान्तरण गरिएको छ ।
जसमा ललितपुरमा सञ्चालित किष्ट शिक्षण अस्पताल, पाटन अस्पताल तथा सर्बाड्ड अस्पतालका स्वास्थ्य संस्थाजन्य फोहर ब्यवस्थापन एवं सरसफाईमा कार्यरत ३२ जना अग्रपंक्तीका श्रमिक कर्मचारीहरुका लागि पुरै शरीर छोप्ने गाउन, मास्क एवं एकजोर पञ्जा सहितको ब्यक्तिगत सुरक्षा कवचका सेटहरु अस्पतालका निर्देशक, हाउस किपिड्ड ईन्चार्ज, सम्बन्धित शाखा प्रमूख लगायत ट्रेड युनियनका प्रतिनिधिहरुको उपस्थितिमा केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहबाट हस्तान्तरण गरीएको छ ।
अनिस्चितकालिन कोभिड महामारीमा आजको विश्व श्रम, सुरक्षा, स्वास्थ्य र आर्थिक मन्दिको दुराअवस्थामा सम्पूर्ण मानवजातीको सुस्वास्थ्य तथा उच्च आर्थिक पुनरुत्थानको सुभेच्छाा राख्दै अग्रपंक्तीमा कार्यरत अति आवश्यकीय सेवा जस्तै स्वास्थ्यसंस्थाजन्य फोहर ब्यवस्थापन र सरसफाईमा कार्यरत अग्रपंक्तीका कर्मचारीहरुलाई प्राथमिकतामा राखी वितरण गर्नुका पछाडी कोभिड महामारीका बेला आवश्यक उपचार, हेरचाह, चेकजाँचमा संलग्न चिकित्सक, परीचारीका र प्रयोगशाला प्राविधिकहरु सँगै स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहर र सरसफाईको उचित ब्यवस्थापन गर्ने श्रमिक कर्मचारीहरुमा पनि संक्रमण हुन सक्ने प्रवल सम्भावना हुने रहन्छ ।
खास गरी श्रमीकहरुलाई व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको पुर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरुको हुने नेपाल सरकारले लागुगरेका श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ मा व्यवस्था रहेपनि अहिलेका कोभिडको महामारीकोबेला सबैपक्षसंग आवस्यक श्रोत साधन तथा ब्यक्तिगत सुरक्षा कवचको अभाव सवत्र भैरहेको बेला कमैमात्र ध्यान पुग्ने गरेका तर अति सम्बेदनशिल फोहर र सरसफाईको उचित व्यवस्थापन गर्ने श्रमिक कर्मचारीहरुको समूहलाई विशेष रुपले सम्मान र सुरक्षा प्रदान गर्ने याेजना समेत पिपिइ वितरणकाे रहेकाे छ ।
विश्वका कैयौं मुलुकहरु जस्तै अमेरीका, नर्वे, जापन, कोरीया, मलेसिया, फिलिफन्स र प्र्यूटोरिको आदि देशहरुले कोभिड १९ महामारीलाई व्यावसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रुपमा पहिचान गरी आवस्यक क्षतीपुर्तिको ब्यवस्था गरीसकेको अवस्थामा नेपालमा पनि कसैलाई र खासगरी अग्रपंक्तीका अति आवस्किय सेवामा कार्यरत, स्वास्थ्य संस्थाजन्य फोहर ब्यवस्थापन र सरसफाई कर्मचारीहरुलाइ कोभिडको कारण विरामी भएका वा विरामी भै उचपाररत रहेका वा मृत्युवरण भएकाहरु प्रति सम्मान र बाँचेकाहरुको हकहित एवं उचित क्षतिपुर्तीको लागि सम्बन्धित निकायहरुसँग आवश्यक पहल र पैरवी गर्न पनि जरुरी रहेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij