२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

स्वस्थ र अनुसासित बन्न खेलले मद्दत पुग्छ : उपाध्यक्ष कटुवाल

स्वस्थ र अनुसासित बन्न खेलले मद्दत पुग्छ : उपाध्यक्ष कटुवाल

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौं पुर्बी क्षेत्रीय समितिले चैत १५ गते  प्रथम ग्रील तथा स्टील ब्यवसायी फुट्बल प्रतियोगिता आयोजना गरेको थियाे ।

उक्त खेल कार्यक्रम समापनका अवसरमा बिजयी खेलाडीहरुलाइ शिल्ड, पदक र नगदद्वारा सम्मानित गर्दै नेपाल घरेलु तथा साना उध्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले बर्ष भरी आफ्नो ब्यवसायमा ब्यस्त भइरहने ग्रील तथा स्टील ब्यवसायिहरुलाइ यस किसिमको फुटबल खेलले रिफ्रेसमेण्टसँगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने भएको हुँदा देशव्यापी रुपमा फुटबल लगायतका अन्य खेलहरु आयोजना गर्न ग्रील तथा स्टील ब्यवसायीहरुलाइ आग्रह गरे ।

ग्रील तथा स्टिल ब्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण ग्रिल उध्योगहरु पुर्ण रुपमा सन्चाल्न गर्न नसक्दा भाडा तिर्न कर्मचारिलाइ तलब दिन र बैंकको ब्याज समेत तिर्न नसकिरहेको अवस्थामा पुर्वी क्षेत्रीय समितिले व्यवसायीमा छाएको नैरास्यतालाइ कम गर्न ग्रील ब्यवसायीहरु ऐतिहासिक प्रथम फूट्बल प्रतियोगिता आयोजना गरेर सफलतापुर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिदै ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले पहल गर्ने बताए ।

पुर्बी क्षेत्रीय समितिका अध्यक्ष बिष्णु कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ निवर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष सुनिल कुमार अमात्य ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी पश्चिम क्षेत्रीय अध्यक्ष शैलेस ठकुरी लगायतका व्यक्तिले आफ्नो धारणा राखेका थिए।

काठमाडौं जिल्ला भित्र रहेका १४ वटा इकाइ समितिहरु, काठमाडौं जिल्ला ललितपुर जिल्ला र महासंघको टिमले प्रतियोगितामा भाग लिएका थिए भने पश्चिम क्षेत्र अन्तगत पर्ने सानो भर्याङ ठूलो भर्याङ इकाइ समिति बिजयी भएको थियो भने पुर्बी क्षेत्रीय समिती अन्तर्गत रहेको कपन इकाइ समिती उपबिजेता भएको थियो।

पुर्बी क्षेत्रीय अध्यक्ष बिष्णु कुमार श्रेष्ठले आगामी दिनहरुमा पनि फुट्बल खेललाइ निरन्तरता दिने बताउदै यस प्रतियोगितामा सहयोग भाग लिन सम्पुर्ण टिम र सहयोगी सबैमा धन्यवाद दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij