२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पारिवारिक जीवनमा सुमधुर सम्बन्ध र नीति शास्त्र

पारिवारिक जीवनमा सुमधुर सम्बन्ध र नीति शास्त्र

सहृदयं सामनस्यमविद्वेषं कृणोमि वः।

अन्यो अन्यमभिहर्यत वत्सं जातमिवाध्न्या।।

 

अनुव्रतःपितुःपुत्रो मात्रा भवतु संमनाः।

जाया पत्ये वाचं वदतु शन्तिवाम् ।।

 

मा भ्राता भ्रातरं द्विक्षन् मा स्वसारमुत स्वसा।

सम्यञ्चः सव्रता भूत्वा वाचं वदत भद्रया ।।

अथर्व ३ ।३०। १-३०

 

हे गृहस्थ तिम्रो पारिवारिक जीवनमा परस्परमा ऐक्यबद्धता, सौहार्द र सद्भावना हुनुपर्छ । द्वेषको गन्ध पनि आउनुहुँदैन ।

तिमी एकअर्कालाई त्यसरी नै माया प्रेम गर जसरी गौमाता आफ्नो भर्खर जन्मिएको बाच्छालाइ गर्नुहुन्छ । छोरा आफ्नो आमा-बाबुको आज्ञाकारी र उहाँहरुकै साथ एकमन हुनु । पत्नीले आफ्नो पति प्रति मधुर र स्नेहयुक्त वाणीको मात्र व्यवहार गर्नु ।

भाइभाइको र बहिनीबहिनीका बिचमा द्वेष नगर्नु । तिमीले एकमन भएर समान आदर्शको अनुसरण गर्दै परस्परमा स्नेह र प्रेम बढाउने खालको बोली र व्यवहार गर ।

जय शम्भु ।

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij